‘फुटबल हो बार्सिलोनालाई परास्त गर्न सकिन्छ’ लेभान्टेका प्रशिक्षक पाको लोपेज

बार्सा नेपाल । लेभान्टेका प्रशिक्षक पाको लोपेजले बार्सिलोनालाई आजको खेलमा परास्त गर्न सके क्लबको इतिहासमा ऐतिहासिक जित दर्ता हुने बताएका छन् । खेलपूर्वको पत्रकार सम्मेलनमा कुरा गर्दै लोपेजले घरेलु मैदानमा बार्साबिरुद्धको खेलको लागि आफ्ना खेलाडीहरु तयार रहेको भए पनि बार्सिलोना एक बलियो टिम रहेको र इतिहास रचिरहेकोले आफ्नो पक्षमा नतिजा पार्न कठिन हुने उनको भनाई थियो ।

शनिबार सम्पन्न पत्रकार सम्मेलनमा उनले भने ‘बार्सिलोनाले जारी सिजनमा इतिहास लेख्दैछ, उनीहरु ला लिगामा एक मात्र अपराजित टिम हो । जारी सिजनमा दुई वटा उपाधि पनि जितीसकेको छ । त्यसैले बार्साबिरुद्धको खेल लेभान्टेको लागि कठिन छ । तर, म आफ्नो टिमप्रति विश्वस्त छु ।’

उनले थपे ‘फुटबलमा धेरै कुराहरु सम्भव हुन्छन् त्यसैले जित्न पनि सकिन्छ ।’ बार्सिलोनाले सोमाबार बिहान नेपाली समय अनुसार साढे १२ बजे लेभान्टेसँग सिजनको ३७ औं खेल खेल्दैछ ।

१३ मे २०१८ मा प्रकाशित

MATCH DAY लेभान्टेसँगको खेलको लागि मेसी १८ खेलाडीको सूचीमा परेनन्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here