MATCH DAY लेभान्टेसँगको खेलको लागि मेसी १८ खेलाडीको सूचीमा परेनन्

बार्सा नेपाल । बार्सिलोनाले सिजनको अन्तिम अवे खेल लेभान्टेको घरेलु मैदानमा खेल्दैछ । सोमाबार बिहान साढे १२ बजे (नेपाली समयअनुसार) सुरु हुने खेल लेभान्टेको घरेलु मैदान सिटी अफ भ्यालेन्सिया रंगशालामा हुन लागेको हो ।

खेलको लागि बार्साका प्रशिक्षक अर्नेष्टो भालभर्डेले १८ जना खेलाडीको स्वाडको घोषणा गरिसकेका छन् । जसमा लियोनल मेसी परेका छैनन् । मेसीले धेरै खेल खेलिसकेको कारण उनलाई आराम दिइएको हो । उनले ला लिगामा मात्रै २ हजार ९ सय ७३ मिनेट खेलिसकेका छन् । सोही कारणले उनी अन्तिम सूचीमा पनि नपरेका हुन् ।

लेभान्टे जाने १८ खेलाडीको सूची

जारी सिजनको लागि बार्सिलोनाले जितिसकेको छ भने लेभान्टे रेलिगेसन क्षेत्रभन्दा केही माथि रहेको छ ।

यसअघिको पहिलो चरणको खेलमा बार्सिलोना लेभान्टेसँग ३–० गोलले विजयी भएको थियो । घरेलु मैदान क्याम्प नाउमा भएको उक्त खेलमा १२ औं मिनेटमा लियोनल मेसीले, ३८ औं मिनेटमा लुई स्वारेजले तथा खेलको इन्जसरी समयमा पाउलिन्होले गोल गरेका थिए ।

१३ मे २०१८ मा प्रकाशित

बिगत ६ वर्षदेखि बार्सामा ला मासियाका खेलाडीको उपस्थिति प्रायः किन शून्य ? (विश्लेषण)

बार्सालाई रियल मड्रिडले दिन इन्कार गरेको ‘गार्ड अफ अर्नर’ भिलारियलले दियो

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here