बार्सा बीले स्पोर्टिङलाई हरायो

बार्सा नेपाल । बार्सा बीले लगातार ७ खेलको हारपछि स्पोर्टिङ गियोनलाई हराएको छ । शनिबार राति स्पोर्टिङको घरेलु मैदान मोलिनोनमा सम्पन्न खेलमा पाहुना टोली बार्सिलोनाले अग्रता लिएको थियो ।

खेलको १२ औं मिनेटमा कार्लेस एलेनाले गोल गरेका हुन् । तर, खेलको २९ औं मिनेटमा नै घरेलु टोलीले अग्रता बराबरीमा ल्यायो । उसको लागि रुबेन गार्सियाले गोल गरे । तर, खेदको ३६ औं मिनेटमा बार्सा बीको लागि मार्क कार्डोनाले गोल गरेर पहिलो हाफमा बार्सा बी २–१ गोलले अघि रह्यो ।

खेलको ६० औं मिनेटमा घरेलु टिमका मिकेल सान्तोसले गोल गरेपछि बार्सा बी दवावमा आयो । खेल हारेको खण्डमा वा बराबरीले पनि सेगुन्डा डिभिजनबाट रेलिगेसनमा पर्थ्यो । अत्याधिक दवावमा आएको पाहुना टिमले ८१ औं मिनेटमा गोल गर्यो । उक्त गोल माटियस नाहुयल लिभाले गरेका हुन् । निकै प्रतिस्पर्धात्मक खेलको इन्जुरी समयमा इनिगो रुइज डीगालारेटाले दोहोरो पँहेलो कार्डको शिकार भएपछि बार्सा बी केही बेरसम्म १० खेलाडीमा सीमित भइ प्रतिस्पर्धामा उत्रेको थियो ।

बार्सा बीले ३ वटा मात्रै सट फ्रेममा प्रहार गरेको थियो । उक्त तीनै प्रहार गोलमा परिणत भएको थियो । पोसेसन पनि घरेलु टिमको बढी रहेको थियो ।

जितसँगै बार्सा बी लिगको १९ औं स्थानमा उक्लेको छ । बार्सा बी अझै पनि रेलिगेसन जोनमै रहेको छ । तर जिम्यास्टिक तथा अल्मारियाले हारेको खण्डमा बार्सा बी रेलिगेसनबाट बच्न सक्छ ।

१३ मे २०१८ मा प्रकाशित

बिगत ६ वर्षदेखि बार्सामा ला मासियाका खेलाडीको उपस्थिति प्रायः किन शून्य ? (विश्लेषण)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here