बिगत ६ वर्षदेखि बार्सामा ला मासियाका खेलाडीको उपस्थिति प्रायः किन शून्य ? (विश्लेषण)

सुवास गाैली

बार्सा नेपाल । बार्सिलोनाले सन् २०१२ देखि हालसम्म ४ वटा प्रशिक्षक परिवर्तन गरिसकेको छ । उक्त समयदेखि हालसम्म बार्सा समर्थकहरु एउटै कारणले निकै असन्तुष्ट छन् । त्यो हो ‘ला मासियाका खेलाडीहरुले सिनियर टिममा किन स्थान पाएनन् ?’ हुन पनि हो ६ वर्षको अवधिमा ला मासियाका खेलाडीहरुले सिनियर टिममा पकड बनाउन सकेका छैनन् । केही खेलाडीहरु प्रोमोट भएर आएका छन् तर उनीहरु क्लबमा टिक्न सकेका छैनन् । केही अझै छन् जो ‘फ्रिज’ भएर बसेका छन् ।

सबैलाई थाहा भएकै कुरा हो कुनै समय बार्सिलोनाको टिमलाई ला मासियाको बाहुल्यता हुने क्लबको रुपमा लिइन्थ्यो । तर, समयक्रमसँगै ला मासियाको खेलाडीहरु अन्य क्लबतर्फ लागिसकेका छन् भने अन्य क्लबबाट भित्र्याइएका खेलाडीहरुको बाहुल्यता बढ्दै गएको छ ।

ला मासियाका खेलाडीहरुलाई किन सिनियर टिममा स्थान दिइएन भन्ने आरोप टिटो भिलानोभा, टाटा मार्टिनो, लुइस इन्रिके तथा वर्तमान प्रशिक्षक अर्नेष्टो भालभर्डेले पनि खेपिरहेका छन् ।

पेप ग्वार्डिवलापछि उनकै सहायक प्रशिक्षक टिटो भिलानोभालाई क्लबले प्रमुख प्रशिक्षकको रुपमा राख्यो । पेपल क्लब छोड्ने भएपछि उनले नै सिजन २०१२–१३ मा क्लबलाई सम्हाले । उनको कार्यकाल निकै छोटो रह्यो स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि ४५ वर्षकै उमेरमा उनको निधन भयो । यद्यपी इसाक कोयन्का, क्रिस्टियन टेलो, मार्क बार्टा जस्ता खेलाडीलाई अवसर दिए । तर, भिलानोभाले घाँटीको क्यान्सरको कारण ज्यान नै गुमाउनु पर्यो । उनले ला मासियालाई प्राथमिकतामा राख्ने योजना नै बनाएका थिए । ग्वार्डिवलाको सहयाक भएकै कारण उनीबाट धेरै अपेक्षा थियो तर ज्यान नै गुमाउन परेपछि ला मासियाको लागि बनाएको योजना त्यसै तुहियो ।

त्यसपछि बार्सिलोनाले अर्जेन्टिनाका टाटा मार्टिनोलाई प्रशिक्षकको जिम्मेवारी दिए । सिजन २०१३ देखि २०१४ सम्म उनले मात्र १ कार्यकाल बार्सिलोना सम्हाले । टिटोको निधन पछि बार्सिलोनाले आपत्कालिन प्रशिक्षकको रुपमा टाटालाई भित्र्याएको हो । उनले बार्सिलोनाको टिमलाई सम्हाल्न सकेनन् । सोही समयमा क्लबमा नेयमार पनि आइसकेका थिए । क्लबको प्रदर्शन तारिफयोग्न नभएपछि उनलाई उपाधिको दवाव पर्न थाल्यो । ‘बार्सिलोना अन्य क्लबजस्तो तालिकाको यति औं स्थानमा पुग्ने उदेश्य लिएर हिड्ने क्लब होइन । हरेक सिजन तीन वटै प्रमुख उपाधि जित्ने लक्ष्य बार्सिलोनाका हुन्छ ।’ तर टाटाको बार्साले खस्केको प्रदर्शन गरेपछि हरेक खेलमा जितको लक्ष्यका साथ बलियो टिम नै उनले मैदानमा उर्तान थाले । तैपनि उनको कार्यकाल सुखद् रहेन । यद्यपी एडमा टोरेलाई अवसर दिए । उनको कार्यकाल पनि छोटो रहेको कारणले गर्दा ला मासियाका खेलाडीहरुलाई प्राथमिकता दिन पाएनन् ।

टाटाको कार्यकाल सुखद् नभएपछि बार्सिलोनाले पूर्व खेलाडी लुइस इन्रिकेलाई प्रशिक्षकको जिम्मेवारी दिए । इन्रिकेको पहिलो कार्यकालमै बार्साले ५ वटा उपाधि जित्यो । मेसी, नेयमार तथा स्वारेज (एमएसएन)को जोडी अग्रपंत्तिमा खुबै जम्यो । इन्रिके जितसँगै रमाइरहे । कोपा डेल रेको अघिल्ला खेलहरुमा सिनियर टिमको ब्याकअप तथा बार्सा बीका केही खेलाडीहरुलाई अवसरको साथै उनले सन् २०१४ देखि २०१७ सम्मको कार्यकालमा ला मासियाका केही खेलाडीले अवश्य अवसर दिए । उनी बार्सा बीको प्रशिक्षक भएकै कारणले पनि ला मासिया प्राथमिकतामा पर्यो । तर उनले अवसर दिएका खेलाडीहरु उनको रणनीतिमा फिट भएनन् ।

त्यसोत बार्साका समर्थकहरु पनि हरेक जितमा रमाइरहेका थिए । टाटाको पालामा उपाधि बिहिन बनेको बार्साले एकै सिजनमा महत्वपूर्ण उपाधिहरु भित्र्याउँदा ला मासियाका खेलाडीहरु बिर्सनु सामान्य कुरा हो । किनकी मूल्यवान् खेलाडीहरुलाई रिजर्भमा राखेर खेल हारियो भने प्रशिक्षकमाथि ला मासियाको खेलाडी खेलाउने भन्दै चर्को दवाव पर्छ । लुचोको कार्यकाल सफल हुँदा–हुँदै पनि बार्सिलोना छोड्ने निर्णय उनले लिए । उक्त निर्णय लिनुको एउटा कारण ला मासियाका खेलाडीलाई अवसर नदिएको भन्ने आरोप पनि हो ।

लुचो क्लबबाट बाहिरिएपछि बार्साले पूर्व खेलाडी अर्नेष्टो भालभर्डेलाई जिम्मेवारी दियो । भालभर्डे ठूलो जिम्मेवारीका साथ बार्सा आएका हुन् । उनी आएपछि बार्सिलोनाको खेल्ने संरचनामा परिवर्तन नै आएको छ । परम्परागत ४–३–३ फर्मेसनबाट उनले क्लबलाई उचाई दिँदै ४–४ –२ संरचनामा खेल खेलाईरहेका छन् । जसको नतिजा पनि सुखद् नै छ । भालभर्डेको बार्साले सिजन सुरु भएपछि कोपा डेल रेमा इस्प्यानियलसँग एक खेल तथा रोमासँग च्याम्पियन्स लिगमा एक खेल बाहेक हारेका छैनन् । साथै जारी सिजनम दुई उपाधि पनि उचालिसकेको छ । ला लिगामा त अझै पनि अपराजित एक मात्र टिम बार्सिलोना हो । फेरी कुरा ठोकिन्छ ‘ला मासिया ग्राजुयटलाई किन अवसर दिइएन ?’

तर, धेरैलाई थाहा नहुन सक्छ भालभर्डेले बार्सा बीका खेलाडी मात्रै होइनन् जुभिनिल ए (बार्साको अन्डर १९) का खेलाडीहरुलाई पनि अभ्यास खेलमा ल्याइरहेका छन् ।

सिजनको सुरुदेखि नै भालभर्डेले ति केही प्रतिभाहरुलाई सिनियर टिमसँगै अभ्यासमा उतारेका छन् । यसको मतलव उनले ला मासियालाई प्राथमिकतामा राखेका छन् ।

मुख्य कुरा के भने बार्सिलोनाको सिनियर टिममा हाल २४ जना खेलाडी (तेस्रो गोलकिपर ओर्तोला र अर्का खेलाडी एलेना सहित) छन् । एउटा खेलको लागि १८ जना खेलाडीको अन्तिम सूची तयार हुन्छ । तर खेल्ने खेलाडी मात्र ११ जना हुन्छन् । सिनियर टिमका केही खेलाडीहरुलाई अन्य क्लबमा नपठाएसम्म बार्सा बीका खेलाडीहरु सिनियर टिममा ल्याउने भन्ने कुरा हुँदैन । धेरै खेलाडीहरुलाई अभ्यास खेलमा समावेश गराउँदा रणनीति बुझाउन सकिँदैन । त्यसमाथि ड्रेसिङ रुम खचाखच हुँदा खेलाडीहरुबीच मनमुटाव हुने सम्भावन, मानसिक तवना जस्ता कुराहरुको समयस्या रहन्छ । त्यो रिस्क भालभर्डेले मात्रै होइन क्लबका अफिसियलहरुले पनि मोल्न चाँहदैनन् ।

कुरा आउँछ पेप जस्तो प्रशिक्षक किन पाँइदैन ? पेप ग्वार्डिवला बार्यन म्युनिखको प्रशिक्षक हुँदा पनि र हाल म्यान्चेस्टर सिटीको प्रशिक्षक हुँदा पनि बार्सिलोनाको तारिफ गरिरहेका हुन्छन् । उनी ला मासियाकै उत्पादन हुन् । उनी खेलाडीको रुपमा पनि सफल रहे भने प्रशिक्षकको रुपमा हालसम्मकै उत्कृष्टमध्यका एक । दर्जनौं क्लब चाहरेका प्रशिक्षकले बार्सिलोनालाई भित्रैबाट बुझ्न सक्दैनन् । यो सत्य कुरा हो ।

के पनि सत्य हो भने ला मासियाका खेलाडीहरुलाई सिनियर टिममा स्थान दिनुपर्छ भन्ने कुराबाट भालभर्डे स्वयं पनि अवगत छन् । सिनियर टिमको अभ्यास खेलमा ला मासियालाई स्थान दिनुले पनि प्रश्टै संकेत गरिरहेको छ । भालभर्डेको बार्सामा हरेक खेलाडीको बिकल्प पनि एकदमै बलियो छ । मोटो रकम तिरेर ल्याएका खेलाडीहरुलाई भालभर्डे बेन्चमा राख्न पनि उनी पछि परेका छैनन् । त्यसको मतलब उनको रणनीतिमा ‘फिट’ हुनको लागि समय पक्कै लाग्ने छ । र अर्को कुरा सिनियर टिममा केही खेलाडीहरु जसले खेल्ने राम्रो अवसर पाएका छैनन् उनीहरुको उचित व्यवस्थापन पहिलो कुरा हो ।

इन्रिके र भालभर्डेले बार्सा सम्हाल्दा केही खेलाडीहरु सिनियर टिममा स्थानान्तरण भए । उनीहरुले कयौं पटक क्रिस्टियन टेलो, कोयन्का, मार्क बार्टा, मार्लोन सान्तोस, राफिन्हा, एडामा, मुनिर, स्यान्ड्रो, स्याम्पर, एलेना, गुम्बाओ, आर्नाइजले अवसर पाएकै हुन् । तर, रणनीतिमा फिट नभएपछि कुनै पनि प्रशिक्षकले समर्थकको कुरालाई मानेर अर्को खेलमा ‘रिस्क’ मोल्न चाँहदैन ।

त्यसोत जारी सिजनमा बार्सा बीको प्रदर्शन खराब छ । सेगुन्डा डिभिजनमा बार्सा बी रेलिगेसन जोनमा रहेको छ भने व्याक्तिगत प्रर्दशन पनि उति उत्कृष्ट नरहनु एक कारण हो ।

क्लबको लागि प्रशिक्षक तथा खेलाडीहरु क्षणिक हुन् । जबसम्म राम्रो खेल पस्किन्छ तव चौतार्फी तारिफ हुन्छ जब खेलको स्तर गिर्छ तव तथानाम गाली हुन्छ । यसबारेमा उनीहरु जानकार हुन्छन् ।

(ला मासिया ग्राजुयटहरुले क्लब छोडे भन्नेबारेको लेख अर्को पटक)

के बार्सा बी रेलिगेसनबाट बच्न सक्ला ? यस्तो छ झिनो सम्भावन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here