के बार्सा बी रेलिगेसनबाट बच्न सक्ला ? यस्तो छ झिनो सम्भावन

बार्सा नेपाल । जारी सिजनको स्पेनिस दोस्रो डिभिजन फुटबल लिग (सेगुन्डा डिभिजन)मा बार्सा बीको प्रदर्शन निकै खराब रहेको छ । बार्सा बीले पछिल्लो ७ खेलमा लगातार हार व्यहोरिरहेको छ । २२ टिम सम्मिलित लिगमा बार्साले ३८ खेल खेलिसकेको छ । कूल ३८ खेलमध्ये बार्सा बीले मात्र ८ खेलमा जित, १३ खेलमा बराबरी तथा १७ खेलमा हार व्यहोरेर मात्र ३७ अंक जोडेको छ । यतिको खराब प्रदर्शनबाट टिम गुज्रिदा रेलिगेसनको संघारमा रहेको छ । हाल बार्सा बी लिगको २० औं स्थानमा रहेको छ ।

बार्सा बीले लिगमा अब मात्र ३ खेल खेल्न बाँकी छ । रेलिगेसनबाट बच्नको लागि अबको खेलमा सुखद् नतिजा ल्याएर मात्रै पुग्दैन । कोर्डोबा, जिम्न्यास्टिक, अल्मारिया तथा अल्कोरकोनको नतिजामा भर पर्नुपर्ने हुन्छ । समान खेलबाट कोर्डोबाले ३९ अंक, जिम्यान्टिकले ४३ अंक, अल्मारियाले ४३ अंक तथा अल्कोरकोनले पनि समान ४३ अंक नै जोडेको छ ।
सेगुन्डा डिभिजनबाट हरेक वर्ष ४ वटा क्लब रेलिगेसनमा पर्छन् । जारी सिजनमा सेभिया एथ्लेटिको तथा लोर्का एफसी रेलिगेसनमा पक्का परिसकेको छ । हाल सम्मको अवस्थामा बार्सा बी र कोर्डोबा रेलिगेसनमा परिसकेका छन् ।

अंक तालिका

बाँकी खेल

बार्सिलोना बीले अब लिगमा ३ खेल खेल्न बाँकी छ । स्र्पोटिङसँग शनिबार (१२ मेमा), काडिससँग मे २० मा तथा अल्बाटेसँग मे २७ मा खेल्न बाँकी छ । यी तिन वटै खेलमा सुखद् नतिजा ल्याएर मात्रै पुग्दैन । बार्सा बी भन्दा माथि रहेका क्लबहरुले पनि बाँकी खेलमा हार्नु आवश्यक छ । यसो भएको खण्डमा मात्रै बार्सा बी रेलिगेसनबाट बच्न सक्छ । यो सम्भावन अंकगणितिय हिसावले मात्रै सम्भव छ ।

१२ मे २०१८ मा प्रकाशित

बिगत ६ वर्षदेखि बार्सामा ला मासियाका खेलाडीको उपस्थिति प्रायः किन शून्य ? (विश्लेषण)

बार्सा बीमा संकट आउनुको ५ कारण यस्तो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here