याया टाउरे बार्सिलोना फर्किन तयार

बार्सा नेपाल । म्यान्चेस्टर सिटीका मिडफिल्डर याया टोउरेले पुनः बार्सिलोना फर्कने इच्छा व्यक्त गरेका छन् । तीन सिजन बार्सिलोनामा बिताएर सन् २०१० मा क्लब छोडेका टोउरेले बार्सिलोना विश्वकै उत्कृष्ट क्लब भएको भन्दै पुनः बार्सा फर्कने चाहना व्यक्त गरेका हुन् ।

संचारमाध्यमसँग कुरा गर्दै टोउरेले भने ‘यदि बार्सिलोनाले बोलायो भने म त्यहाँ जान तयार छु । बार्सा विश्वकै टिम हो । मैले लियोनल मेसी र आन्द्रेज इनियष्टालाई खुबै सम्झिरहेको छु । मेरो लागि पनि बार्सिलोना सम्झनलायक टिम हो । उनीहरुले मलाई महत्वपूर्ण कुरा सिकाएका छन् साथै मैले धेरै कुरा सिक्ने अवसर पनि पाएको छु ।’

टोउरे सन् २०१० मा बार्साबाट इंग्लिस क्लब म्यान्चेस्टर सिटी लागेका हुन् ।

११ मे २०१८ मा प्रकाशित

बार्साले लोनामा पठाएको टुरानलाई टर्किस इतिहासमै ठूलो सजायँ (भिडियो सहित)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here