स्पेनिस सुपर कप अगष्ट ११ र १४ मा, नयाँ सिजनको ला लिगाको तालिका पनि तय

बार्सा नेपाल । सिजन २०१८–१९ को ला लिगा सुरु हुने मिति तय भएको छ । रोयल स्पेनिस फुटबल फेडेरेसन (आरएसएफएफ) ले ला लिगाको पहिलो हप्ताको खेल २०१८ को अगष्ट १८ र १९ गतेको लागि तय गरेको हो ।

यसअघिका ला लिगाका उद्घाटन खेलहरु पनि सोही मिति वरिपरि हुने गरेको थियो । ला लिगा सिजन सुरु हुनुअघि स्पेनिस सुपर कप हुनेछ । उक्त कपमा बार्सिलोना र सेभिया एक आपसमा भिड्नेछन् । पहिलो लेग सेभियाको घरेलु मैदान पिज्जुआनमा अगष्ट ११ मा हुनेछ भने दोस्रो लेग बार्साको घरेलु मैदान क्याम्प नाउमा अगष्ट १४ मा हुनेछ ।

त्यस्तै, ला लिगा सिजनामा क्रिसमसको समयमा ‘ब्रिफ ब्रेक’ हुनेछ ।

आउँदो सिजनको ला लिगा सन् २०१९ को मे २६ तारिखमा समापन हुनेछ । भने मिडविकका खेलहरु सेप्टेम्बर २६, अप्रिल ३ तथा अप्रिल २४ मा हुनेछन् ।

यसअघिको समाचार शीर्षकमा अगष्ट हुनुपर्नेमा अन्यथा भएकोले सच्याइएको छ ।*

११ मे २०१८ मा प्रकाशित

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here