म कहाँ जान्छु भन्ने कुराको टुंगो १० दिनभित्र लाग्छः इनियष्टा

बार्सा नेपाल । बार्सिलोनाका कप्तान आन्द्रेज इनियष्टाले आफू कुन क्लब जाने भन्नेबारेमा १० दिनभित्र टुंगो लाग्ने बताएका छन् । स्पोर्टसँगको अन्तर्वातामा उनले आफ्नो बारेमा कहिले चीन, कहिले जापान त कहिले अष्ट्रेलिया स्थानान्तरणको बारेमा चर्चा चलेको तर, आफूले त्यसबारेमा अबको करिब १० सबैलाई थाहा हुने गरि सूचना दिने बताएका हुन् ।

हालसम्म आफूले कुनै क्लबसँग सम्झौता नगरिसकेको तर कुराहरु धेरै क्लबबाट आइरहेकोले छिट्टै टुंगोमा पुग्नुपर्ने बाध्यतामा आफू रहेको उनको भनाई छ ।

आफूले जुनै देशको क्लबसँग सम्झौता गरे पनि आफ्नो परिवारलाई फाइदा र बेफाइदा दुबै हुने भएकोले परिवारको कुराले सम्झौतामा कुनै समस्या नआउने उनको भनाई छ । आफ्नो स्थानान्तरणसँगै इनियष्टा वाइनको व्यापार बढी होस् भन्ने चाहेको तर आफ्नो प्राथमिकता भने खेल्नु नै रहेको उनको भनाई थियो ।

११ मे २०१८ मा प्रकाशित

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here