बार्सालाई रियल मड्रिडले दिन इन्कार गरेको ‘गार्ड अफ अर्नर’ भिलारियलले दियो

बार्सा नेपाल । ला लिगाको ३४ औं खेलमा नै उपाधि जितेको बार्सिलोनालाई भिलारियलले सम्मान स्वरुप ‘गार्ड अफ अर्नर’ प्रदान गरेको छ । बार्साको घरेलु मैदान क्याम्प नाउमा ला लिगाको ३६ औं खेल सुरु हुनुअघि पाहुना टिम भिलारियलले बार्सालाई बार्सालाई उच्च सम्मान व्यक्त गरेको हो ।

ला लिगाको परम्परा अनुसार बार्सालाई यसअघिको खेलमा रियल मड्रिले गार्ड अफ अर्नर दिनुपर्ने हुन्थ्यो तर, रियलले बार्सालाई दिन इन्कार गरेको थियो । आफूहरुले क्लव वल्र्ड कप जितेको समयमा बार्साले गार्ड अफ नदिएको भन्दै रियलले दिन इन्कार गरको हो । बार्साले उक्त सम्मान नपाएपछि डिफेन्डर जरोर्ड पिकेले खेलपछि कोचिङ स्टाफहरुलाई उक्त सम्मान दिन आग्रह गरेपछि खेल सकिएपछि मैदानबाहिर निस्कँदा काचिङ स्टाफहरुले बार्साका खेलाडीहरुप्रति सम्मान व्यक्त गरेका थिए ।

 

त्यस्तै जारी सिजनबाट बार्सिलोना छोड्ने निर्णय गरेका बार्सिलोनाका कप्तान आन्द्रेज इनियष्टाको सम्मानमा एलो सबमरिन प्रदान गरेको छ ।

१० मे २०१८ मा प्रकाशित

बार्साको अपराजित यात्रा जारी, भिलारियल ठूलो गोलअन्तरले पराजित

मड्रिडलाई ट्रोलः पिकेको आग्रहमा बार्साद्वारा खेलाडीहरुलाई ‘गार्ड अफ अर्नर‘

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here