NEXT MATCH: लेभान्टेबिरुद्ध बार्सिलोना

बार्सा नेपाल । बार्सिलोनाले सिजनको अन्तिम अवे खेल लेभान्टेसँग खेल्दैछ । मे १४ तारिखमा लेभान्टेको घरेलु मैदान सिटी अफ भ्यालेन्सिया रंगशालामा हुने खेल लिगको ३७ औं खेल हो । उक्त खेल साढे १२ बजे सुरु हुनेछ ।

जारी सिजनको लागि बार्सिलोनाले जितिसकेको छ भने लेभान्टे रेलिगेसन क्षेत्रभन्दा केही माथि रहेको छ ।

यसअघिको पहिलो चरणको खेलमा बार्सिलोना लेभान्टेसँग ३–० गोलले विजयी भएको थियो । घरेलु मैदान क्याम्प नाउमा भएको उक्त खेलमा १२ औं मिनेटमा लियोनल मेसीले, ३८ औं मिनेटमा लुई स्वारेजले तथा खेलको इन्जसरी समयमा पाउलिन्होले गोल गरेका थिए ।

पहिलो चरणको खेलको हाइलाइट्

१० मे २०१८ मा प्रकाशित

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here