च्याम्पियन्स लिगको फाइनलमा डुवा लिपाको प्रस्तुति हुने

बार्सा नेपाल । मे २७ मा युक्रेनको कियाभमा हुन लागेका जारी सिजनको च्याम्पियन्स लिग फाइनलको उद्घाटनमा ब्रिटिस पप स्टार डुवा लिपाले गाउने भएकी छिन् ।

डुवा लिपाको प्रस्तुतिको बारेमा युरोपिया फुटबल एसोशियसनले २२ वर्षीय डुवा लिपाको प्रस्तुति रहने जनाएको छ ।

फाइनलको उद्घाटन सत्रमा उनले आफ्ना हिट नम्बरहरु आईडीजीएएफ तथा न्यू रुल्स गीत गाउनेछिन् ।

फाइनलमा आफूले प्रस्तुति दिने भएपछि डुवा लिपाले भनेकी छिन् ‘युइएफए तथा पेस्सीले मलाई यस्तो प्रस्ताव ल्याउनु नै ठूलो कुरा हो । यस्तो अवसर जीवनभर पटक–पटक आउँदैन ।’ उनले थपिन् ‘म फ्यानहरु सामु प्रस्तुति दिन निकै उत्साहित छु । मलाई विश्वास छ मैले उत्कृष्ट महोल सृजना गर्नेछु ।

१० मे २०१८ मा प्रकाशित

लिभरपुल च्याम्पियन्स लिगको फाइनलमा प्रवेश

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here