भिलारियललाई ५–१ ले हराउँदा बार्साका खेलाडीहरुको प्रदर्शन कस्तो ? (प्लेयर्स रेटिङ्ग)

बार्सा नेपाल । जारी सिजनको अन्त्य हुनैलाग्दा बार्सिलोनाका कप्तान आन्द्रेज इनियष्टाले एक पछि अर्को गर्दै उत्कृष्ट खेल प्रदान गर्दै आइरहेका छन् । स्पेनिस आन्द्रेज इनियष्टाकै सहयोगमा बार्सिलोनाले बिहीबार सम्पन्न लिगको ३६ औं खेलमा भिलारियलमाथि ५–१ गोलको जित दर्ता गर्यो ।

उनको सहयोग छँदैथियो त्यसमाथि पनि फ्रेन्च युवा स्ट्राइकर ओस्माने डेम्बेलेको प्रदर्शन हेर्न लायक थियो ।
यहाँ हामीले बार्सिलोनाका खेलाडीहरुले भिलारियलसँग कस्तो खेल खेले भनेर प्लेयर्स रेटिङ्ग प्रस्तुत गरेका छौं । रेटिङ्गको पूर्ण अंक १० रहेको छ ।

ज्यास्पर सिलेसन ७

जारी सिजनको ला लिगामा सिलेसनले पहिलो पटक खेल्न पाएका हुन् । ला लिगा उपाधि जितिसकेको अवस्थामा उनी भालभर्डेको रोजाइमा परे । सिलेसनले पहिलो खेलमा नै २ दुई उत्कृष्ट बचाउ गरे । जुन हेर्न लायक थियो । त्यस्तै, टेर स्टेगनले जस्तै डिफेन्डरहरुसँग मिलेर पास पनि खेले ।

नेल्सन सेमेडो ६

सर्जी रोबर्टो ४ खेलको प्रतिबन्धपछि भालभर्डेले उनलाई रोजे । एल क्लासिकोमा बिउल्डअप खेलमा टिमलाई सहयोग पुर्याएका समेडोले भिलारियलसँग पनि राम्रो खेल खेले । अट्याकिङ्ग पार्टलाई बलियो बनाउन उनको योगदान उच्च रह्यो ।

जेरार्ड पिके ६

भिलारियलसँगको खेलमा पिकेक थाकेको जस्तो देखिन्थे । तर पनि उनको प्रदर्शन सम्मानयोग्य नै थियो । भिलारियलका अग्रपंत्तिका खेलाडी कार्लोस बाका तथा पाब्लो फोेर्लान्सलाई नियन्त्रणमा लिन उनी सफल भए ।

थोमास भर्माइलिन ६

नियमित खेलाडी उम्टीटी चोटको कारण आराम गरिरहेको कारण भर्माइलिन टिममा परे । उनले आफू अझै रक्षापंत्ति सम्हाल्न सक्षम रहेको उदाहरण भिलारियलसँगको खेलमा देखाए ।

लुकास डिने ७

भालभर्डेले जोर्डी अल्बाको स्थानमा डिनेलाई मैदानमा उतारे नतिजा पनि राम्रै आयो । खेलमा डिनेको प्रदर्शन तारिफयोग्य थियो । बार्साको दोस्रो गोलको लागि पालिन्होलाई एसिस्ट तथा अट्याकिङमा पनि उनी सफल रहे

सर्जियो बुस्क्वट्स ७

बार्साको मिडफिल्डमा पकट राख्नको लागी उनी सदाजस्तै सफल रहे । केही उत्कृष्ट ट्याकल, पास, होल्डिङ टेक्निकमा उनी अगाडी नै रहे ।

पाउलिन्हो ७

लामो समयपछि पाउलिन्होको प्रदर्शन तारिफयोग्य देखियो । खेलमा दास्रो गोल पनि गरे । उक्त गोलसँगै जारी सिजनमा उनको गोलसंख्य ९ पुगेको छ ।

आन्द्रेज इनियष्टा ८

६१ मिनेट खेलेका इनियष्टाले भिलारियलसँगको खेलमा उत्कृष्ट प्रदर्शन गरे । मेसीले गरेको गोलको लागि उनको एसिस्ट् निकै राम्रो थियो । मिडफिल्डलाइ बलियो बनाउनको लागि उनको योगदान उच्च रह्यो ।

ओस्माने डेम्बेले ९

भिलारियलसँगको जितमा डेम्बेलेको प्रदर्शन निकै उत्कृष्ट रह्यो । पहिलो हाफमा राम्रो मुभहरु बनाएका उनले दोस्रो हाफमा दुई गोल गरे । उनले खेलको ८७ औं मिनेटमा इभान राकेटिचको पासमा र अतिरिक्त समयमा यारी मिनाको पासमा गोल गरे ।

लियोनल मेसी ८

मेसीको भिलारियल बिरुद्धको गोल सुन्दर थियो । उनले अन्य खेलहरुमा जस्तै राम्रो खेल पस्किए । डेम्बेलेसँग पनि उनले मिलेर खेले । भिलारियलसँग गरेको गोलसँगै जारी सिजनको ला लिगामा मेसीको गोलसंख्या ३४ पुगेको छ ।

कोउटिन्हो ७

कोउटिन्होकै गोलबाट बार्सिलोनाले अग्रता पाएको हो । डेम्बेलेको प्रहार सर्जियो एसेन्जियोले पन्च गरे सोही बललाई कोउटिन्होले गोलमा परिणत गरेका हुन् । त्यस्तै डिबक्स बाहिरबाट पनि उनले गोल गर्नेक प्रयास गरे ।

बैकल्पिक खेलाडीहरु

लुइस स्वारेज ६

स्वारेज ६१ औं मिनेटमा इनियष्टाको स्थानमा मैदान प्रवेश गरेका हुन् । उनी मैदान प्रवेश गर्नुअघि नै टोलीको जित सुनिश्चित भइसकेको थियो ।

इभान राकेटिच ७

राकेटिच ६५ औं मिनेटमा बुस्क्वेट्सको स्थानमा मैदान प्रवेश गरे । बुस्क्वेट्सको जिम्मेवारी बहन गरेरक पनि उनले डेम्बेलेको लागि एउटाक एसिस्ट समेत गर्न भ्याए ।

यारी मिना

मिनाले ८० औं मिनेटमा जेरार्ड पिकेको स्थान पाए ।

भिलारियलका खेलाडीहरु

  • एसेन्जियो ५
  • गास्पर ६
  • गोन्जालेज ५
  • रोइज ६
  • कोस्टा ६
  • कास्टिलेजो ६
  • रोड्रि ५
  • ट्रिग्यूरोस ६
  • (फुयगो ६)
  • फोर्लान्स ७
  • सेरिसेभ ५
  • (सान्सोन ६)
  • बाका ६

१० मे २०१८ मा प्रकाशित

NEXT MATCH: लेभान्टेबिरुद्ध बार्सिलोना

बार्सालाई रियल मड्रिडले दिन इन्कार गरेको ‘गार्ड अफ अर्नर’ भिलारियलले दियो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here