बार्साको अपराजित यात्रा जारी, भिलारियल ठूलो गोलअन्तरले पराजित

बार्सा नेपाल । बार्सिलोनाले भिलारियलमाथि ठूलो गोल अन्तरको जित हासिल गरेको छ । केहीबेरअघि घरेलु मैदान क्याम्प नाउमा सम्पन्न खेलमा बार्सिलोना ५–१ गोलले विजयी भएको हो ।

खेलमा बार्सिलोनाको लागि ११ औं मिनेटमा फिलिप कोउटिन्हो, १६ औं मिनेटमा लुकास डिनेको पाुमा पाउलिन्हो, ४५ औं मिनेटमा आन्द्रेज इनियष्टाको पासमा लियोनल मेसी, ८७ औं मिनेटमा इभान राकेटिचको पासमा डेम्बेले तथा खेलको अतिरिक्त समयमा डेम्बेलेले गोल गरी बार्सिलोनाले जारी सिजनको खेलमा अपराजित रहेको हो ।

बार्सिलोनाले ३६ खेल खेल्दा ९० अंक जोडेको छ भने अब बाँकी दुई खेल रहेको छ । ३७ औं खेल मे १४ तारिखमा लेभान्टेसँग हुनेछ भने मे २१ मा लिगको अन्तिम खेल रियल सोसिडाडसँग हुनेछ ।

खेलमा बार्सिलोनाले अधिकांश सयमा बल नियन्त्रणमा लिएको थियो । बार्सिलोनाले ५७ प्रतिशत बल पोसेसन कन्ट्रोल गरेको थियो । बार्सिलोनाले १२ वटा सट फ्रेममा प्रहार गर्दा ६ वटा फ्रेममा परेको थियो । उता भिलारियलले २० वटा सट प्रहार गर्दा ७ वटा फ्रेममा परेको थियो तर सिलेसनले नायक बन्दा ति प्रहारहरु बिफल भए ।

खेलमा बार्साका खेलाडीहरुले ६ वटा फाउल खेल्दा भिलारियलका खेलाडीहरुले १५ वटा फाउल गरेका थिए ।

१० मे २०१८ मा प्रकाशित

NEXT MATCH: लेभान्टेबिरुद्ध बार्सिलोना

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here