ट्रिब्युनको आत्मकथा पछि टेर स्टेगनका हजुरबुबा क्याम्प नाउमा

बार्सा नेपाल । टेर स्टेगनका हजुरबुबा तथा हजुरआमाले गत आइतबार सम्पन्न एल क्लासिको हेरेका छन् । बुधबार एउटा ट्वीट गर्दै टेर स्टेगनले आफ्नो हजुरबुबा तथा हजुरआमाले क्याम्प नाउ आएर प्रत्यक्ष रुपमा एल क्लासिकोको अवलोकन गरेको र आफ्नो कथाले सर्थकता पाएको बताएका छन् ।

टेर स्टेगनले गत अप्रिल ९ मा ‘रोड टु बार्सिलोना’ शीर्षकमा ‘द प्लेयर्स ट्रिब्युन’मा निकै लामो आत्मकथा लेखेका थिए । उक्त कथामा उनले आफ्नो हजुरबुबाको निकै तारिफ गरेका थिए । फुटबलमा ल्याउनमा उनको ठूलो योगदान रहेको भन्दै उनले कयौं पटक हजुरबुबाको सम्झना गरेका छन् ।

कथाको अन्त्यमा उनले आफू बार्सिलोना आएपछि हजुरबुबाले प्रत्यक्ष रुपमा खेल नहेरेको र चाँडै नै क्याम्प नाउ आएर खेल हेरोस् भन्ने चाहना व्यक्त गरेका थिए ।

ट्रिब्युनमा प्रकाशित टेर स्टेगनको आत्मकथाको पूर्ण पाठ…

सपनाको क्लब बार्सिलोना आउँदा टेर स्टेगनको यस्तो सुखः दुखः (बर्थ डे स्पेशल)

९ मे २०१८ मा प्रकाशित

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here