‘मेसीलाई भित्र्याउन कुनै क्लबले पनि आँट गरेका छैनन्’

बार्सा नेपाल । बार्सिलोनाका स्टार खेलाडी लियोनल मेसीलाई हालसम्म कुनै पनि क्लबले भित्र्याउने चाहना व्यक्त नगरेको फुटबल क्लब बार्सिलोनाले बताएको छ ।

बेला बेलामा मेसीको स्थानान्तरणको बारेमा चर्चा हुनेगरे पनि उनलाई भित्र्याउने योजनाको साथ कुनै पनि क्लबले प्रस्ताव नगरेको बार्सिलोनाको भनाई छ ।

मेसीको बारेमा अन्य क्लबहरुले चासो राख्ने गरेका छन् । चासो राख्ने गरे पनि औपचारिक रुपमा बार्सिलोनालाई प्रस्ताव आएको छैन । ‘मेसीले क्लब छाड्न लागेको भनेर सञ्चार माध्यममा मैले पनि समाचार पढें तर मेसीको लागि कति रकम लिनुहुन्छ भनेर हामीलार्ए कसैले पनि सोधेका छैनन् ’ क्लबका अध्यक्ष जेसेफ मारिया बार्तोमेउले बताए ।

गएको सिजन इंग्लिस क्लब म्यान्चेस्टर सिटीले मेसीलाई भित्र्याउन चासो देखाएको थियो । तर, सिटीको चासोलाई बेवास्ता गर्दै मेसीले बार्सिलोनासँगको सम्झौता सन् २०२१ सम्मका लागि लम्ब्याएका थिए ।

बार्तोमेउले क्लबलाई मेसीको भविष्यबारे कहिल्यै पनि शंका नरहेको स्पष्ट पनि पारेका छन् । १४ वर्षदेखि बार्सिलोनाबाट खेल्दै आएका ३० वर्षीय मेसीले क्लबका लागि उच्च योगदान गरेका छन् भने उनको नाममा कयौं रेकर्डहरु रहेका छन् ।

९ मे २०१८ मा प्रकाशित

असाधरण बार्तोमेउः जसले नेयमार बेचेर डेम्बेले र कोउटिन्हो किनिछाडे

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here