MATCH DAY: अपराजित बार्सिलोना बिरुद्ध भिलारियल

बार्सा नेपाल । जारी सिजनको ला लिगा च्याम्पियन बार्सिलोनाले लिगको ३६ औं खेल भिलारियलसँग खेल्दैछ । लिगमा ३५ खेल खेलेको भिलारियल ला लिगाको छैटौं स्थानमा रहेको छ । लिगमा भिलारियलले १७ खेलमा जित, ६ खेलमा बाराबरी तथा १२ खेलमा हार व्यहोरेर जम्मा ५७ अंक जोडेको छ ।

यसअघिको पहिलो लेगमा भिलारियलको मैदानमा भएको खेलमा बार्सिलोना २–० गोलले विजयी भएको थियो । बार्सिलोनाको लागि ७२ औं मिनेटमा लुईस स्वारेज तथा ८३ औं मिनेटमा लियोनल मेसीले गोल गरेका थिए । उता भिलारियलका खेलाडी ड्यानी राबाले भने रातोकार्ड खाएका थिए ।

खेल बार्साको घरेलु मैदान क्याम्प नाउमा आज बेलुकी पौने १२ बजे नेपाली समयअनुसार सुरु हुनेछ ।

खेलको लागि बार्सिलोनाले १८ जना खेलाडीहरुको अन्तिम सूची पनि प्रकाशित गरिसकेको छ । आजको खेलमा रेड कार्डको कारण सर्जियो रोबर्टो हुनेछैनन् भने स्यामुअल उम्टीटी पनि देब्रे घुँडामा लागेको चोटको कारण मैदान बाहिरै हुनेछन् ।

बार्सिलोना ला लिगामा अझैसम्म पनि अपराजित टिम हो । त्यो अपराजित यात्रालाई अझै पनि बार्सिलोना कायमै राख्न चाहन्छ ।

८ मे २०१८ मा प्रकाशित

बार्सिलोनाले ला लिगा उपाधि जित्नुको ५ कारण यस्तो (विश्लेषण)

साढे २ महिनापछि अभ्यास खेलमा फर्किए नेयमार, ब्राजिल फ्यानहरुमा खुसियाली

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here