सर्जी रोबर्टोलाई ४ खेलको प्रतिबन्ध, बार्साले अपिल गर्ने

बार्सा नेपाल । बार्सिलोनाका डिफेन्डर सर्जी रोबर्टोलाई ४ खेलको प्रतिबन्ध सुनाइएको छ । गत आइतबार सम्पन्न एल क्लासिकोमा पहिलो हाफको अन्त्यमा रियल मड्रिडका मार्सेलोलाई फाउल गरेको आरोपमा रेफ्री हर्नान्डेज हर्नान्डेजले उनलाई सिधा रेड कार्ड देखाएका थिए ।

ला लिगाको रेफ्री कम्पिटिसन कमिटिले खेलपछि उक्त रेडकार्डको बारेमा थप अध्यायन गर्दा रोबर्टोलाई ४ खेलको प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।

उक्त निर्णयसँगै रोबर्टोले जारी सिजनका सबै खेल भिलारियल, लेभान्टे तथा रियल सोसिडाडको साथै सेभियासँग हुने स्पेनिस सुपर कपको पहिलो लेगको खेल गुमाउनेछन् ।

रेफ्रीको कमिटीले गरेको कुरामा बार्साको भने असन्तुष्टी रहेको छ । ४ खेलको प्रतिबन्धको बारेमा बार्सिलोनाले अपिल गर्ने भएको छ ।

९ मे २०१८ मा प्रकाशित

१० खेलाडीमा सीमित बार्सिलोनाले रियल मड्रिडलाई बराबरीमा रोक्यो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here