ग्रिजम्यानको बाईआउट क्लज तिर्न बार्सा तयार

बार्सा नेपाल । बार्सिलोना एथ्लेटिको मड्रिडका स्टार स्ट्राइकर एन्टोनियो ग्रिजम्यानको बाईआउट क्लज तिर्न तयार रहेको समाचारहरुमा उल्लेख छ । विश्वकपछि क्लबमा भित्र्याउने गरि बार्साले एथ्लेटिको मडिङडसँग कुरा अगाडि बढाएको हो ।

काडेना सेर तथा काडेना कोपाका अनुसार बार्साले एथ्लेटिको मड्रिडलाई बाई आउट क्लज तिर्न तयार रहेको बताएको छ । ग्रिजम्यानको बाई आउट क्लज १०० मिलियन यूरो रहेको छ । बार्सा खुसीका साथ उनको फि तिर्न तयार रहेको भनेर समाचारमा उल्लेख छ ।

ग्रिजम्यनलाई बार्सा भित्र्याउने चाहना बार्साका अध्यक्ष जोसेफ मारिया बार्तोमेउले पनि सार्वजनिक रुपमै गरिसकेका छन् । यसअघि उनले ग्रिजम्यनको एजेन्टसँग भेट गरेको कुरा रेस वान् सँग गरेका थिए ।

ग्रिज म्यानले जारी सिजनपछि एथ्लेटिको मड्रिड छोड्ने इच्छा व्यक्त गरेको अवस्थामा उनलाई बार्सिलोनाले भित्र्याउन चाहेको हो ।

तर, अन्तराष्ट्रिय समाचारहरुमा जनाइए अनुसार ग्रिजम्यनको विषयलाई लिएर एथ्लेटिको मड्रिड बार्सिलोनासँग दिक्क भएको छ । बार्साले चाहिनेभन्दा बढी भएर ग्रिजम्यानमाथि आँखा गाढेको आरोप एथ्लेटिको मड्रिडको छ ।

९ मे २०१८ मा प्रकाशित

बार्तोमेउद्वारा ग्रिजम्यानको एजेन्टसँग भेट गरेको स्वीकार

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here