बार्सिलोनाले ला लिगा उपाधि जित्नुको ५ कारण यस्तो (विश्लेषण)

बार्सा नेपाल । बार्सिलोनाले जारी सिजनमाको ला लिगा सहज ढंगले जितिसकेको छ । लिगमा ४ खेल बाँकी छँदा नै बार्सिलोनाले सिजन २०१७–१८ को ला लिगा उपाधिमा आफ्नो नाम लेखाएको हो ।

हालसम्म बार्सिलोनाले लिगको ३५ खेल खेलिसकेको छ । उक्त खेलबाट २६ खेलमा जित तथा मात्र ९ खेलमा बराबरी खेलेर ८७ अंक जोडेको छ भने दोस्रो स्थानमा रहेको एथ्लेटिको मड्रिडले ३६ खेल खेल्दा २२ खेलमा जित, ९ खेलमा बराबरी तथा ५ खेलमा हार व्यहोरेर मात्र ७५ अंक जोडेको छ । उता जारी सिजनमा रियल मड्रिडले बार्सिलोनालाई टक्कर दिन सकेन । रियलले खेलेको ३५ खेलमध्ये २१ खेलमा जित, ९ खेलमा बराबरी तथा ५ खेलमा हार व्यहोरेर ७२ अंक जोडेको छ । सिधा भन्नुपर्दा हालसम्म बार्सिलोना ला लिगामा दोस्रो स्थानको एथ्लेटिको मड्रिडभन्दा १२ अंकले अघि तथा तेस्रो स्थानको रियल मड्रिडभन्दा १५ अंकले अघि रहेको छ ।

जारी सिजनको ला लिगा बार्सिलोनाले जित्नुको मुख्य ५ कारण हामीले यहाँ प्रस्तुत गरेका छौं ।

१. अग्रपंत्ति र गोल रक्षकको उच्च प्रदर्शन

बार्साको टिम बलियो हुनुको एउटा कारण हो विश्वकै उत्कृष्ट स्ट्राइकर लियोनल मेसी र गोलकिपर मार्क आन्द्रे टेर स्टेगनको प्रदर्शन । मेसी ला लिगाको उच्च गोलकर्ता मात्रै होइनन् सर्वाधिक एसिस्ट गर्ने खेलाडी पनि हुन् । त्यस्तै टेर स्टेगनले गोल पोष्टमात्रै सम्हालेका छैनन् उनले डिफेन्डरहरुसँग पास पनि मजाले खेलेका छन् । उनले ३५ खेलमा २३ गोल मात्रै खाएका छन् ।

२. कमब्याकको क्षमता

यसअघिका कतिपय बार्सिलोनाको टिमले खेलमा सुरुमा गोल खाँदा खेल हार्ने गरेको थियो । तर, भालभर्डेको बार्सासँग कमब्याक गर्ने क्षमता छ । जारी ला लिगामा क्याटालान क्लबले ९ वटा खेलमा कमब्याक गरेर जित वा बराबरीमा खेल सक्याएको छ । समग्रमा बार्सिलोना दोस्रो हाफमा बलियो देखिएको छ । यही कारणले बार्सिलोना अझैसम्म अपराजित रहेको छ ।

३. भालभर्डेको दर्शन

गत सिजन बार्सिलोनाको अग्रपंत्ति निकै बलियो थियो । मेसी, नेयमार र स्वारेज (एमएसएन) ट्रियोले कहलिएको थियो । तर, जारी सिजनको सुरुमै नेयमारले क्लब छोडेपछि बार्सिलोनाको टिम कमजोर बन्ने अपेक्षा गरिएको थियो उता नयाँ स्ट्राइकर डेम्बेले पनि चोटले ग्रस्त भएपछि भालभर्डेले बार्साको परम्परागत ४–३–३ फर्मेसनलाई परिवर्तन गरेर ४–४–२ फर्मेसनमा टिमलाई विपक्षीसामु उतारे जुन रणनीतिकै कारण बार्सिलोना लिगमा अझैसम्म पनि अपराजित रहेको छ ।

४. दयनीय मड्रिड

बार्सिलोनाले लिगमा राम्रो गर्दै गर्दा प्रतिद्धन्द्धी रियल मड्रिडको प्रदर्शन राम्रो हुन सकेन । बार्सिलोनाभन्दा रियल अझै पनि १५ अंकले पछि रहेको छ । सिजनको पहिलो क्लासिकोमा घरेलु मैदानमै ३–० गोलले पराजित हुनु, दोस्रो क्लासिकोमा बार्सा पुरै दोस्रो हाफ १० खेलाडीमा सीमित हुँदा पनि खेल २–२ गोलको बराबरीमा सकिनुले मड्रिडको कमजोरी प्रश्टै देखिन्छ । त्यस्तै अर्को मड्रिड क्लब एथ्लेटिकोको प्रदर्शनले पनि बार्सिलोनाको यात्रामा चुनौति दिन सकेन । एथ्लेटिको मड्रिड अहिले पनि १२ अंकले पछाडि रहेको छ ।

५ बार्सिलोनाको स्क्वाड

बार्सिलोनाले जारी सिजनमा बुरोसिया डर्टमण्डबाट ओस्माने डेम्बेले तथा लिभरपुलबाट फिलिप कोउटिन्होलाई मोटो रकम तिरेर भित्र्यायो । डेम्बेले चोटको कारण करिब ४ महिना मैदान बाहिर रहे पनि कोउटिन्होको प्रदर्शन हरेक खेलमा सुध्रदैं गयो । बार्सिलोनाको पहिलो रोजाइको खेलाडी मात्रै होइन बैकल्पिक खेलाडीहरु पनि उत्तिकैक बलियो देखियो ।

स्टार्टिङ लाइनअपसँगै बिकल्प

८ मे २०१८ मा प्रकाशित

NEXT MATCH: बार्सिलोना विरुद्ध भिलारियल

दुई उपाधि जितेको खुसियालीमा बार्साद्वारा सहर परिक्रमा (१४ फोटोमा)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here