साढे २ महिनापछि अभ्यास खेलमा फर्किए नेयमार, ब्राजिल फ्यानहरुमा खुसियाली

बार्सा नेपाल । गत २५ फेब्रुअरीमा मार्सेबिरुद्धको खेलामा घाइते भएका बार्सिलोनाका पूर्व खेलाडी नेयमार पीएसजीको ट्रेनिङमा सहभागी भएका छन् ।

उनी करिब साढे २ महिनापछि मैदान फर्किएका हुन् । चोट निको हुनकोलागि उनी ब्राजिलमै बसेका थिए । क्रमशः चोट निको भएपछि उनी निजी विमानमार्फत पेरिस फर्कदाँ पीएसजीका सहकर्मीहरुबाट घेरिएका थिए ।

गत फेब्रुअरीमा भएको खेलमा नेयमार ट्याकलका कारण चोटग्रस्त भएका थिए । उक्त चोट लागेपछि उनी मैदानमै रोएका थिए । किनकी चोट सामान्य थिएन । सोही चोटको कारण नेयमारले रियल मड्रिडसँगको च्याम्पियन्स लिगको अन्तिम १६ को दोस्रो चरणको खेल गुमाएका थिए । च्याम्पियन्स लिगको दावेदार मानिएको पीएसजी अन्तिम १६ मै सीमित बनेपछि पीएसजी समर्थकले नेयमारको अभाव खड्केको बताएका थिए ।

नेयमार मैदान फर्केसँगै नजिकिँदै गरेको विश्वकपको कारण ब्राजिल समर्थकहरुमा खुसियाली छाएको छ ।

८ मे २०१८ मा प्रकाशित

आर्काइभबाट

चोटले नेयमार मैदानमै रोए, रियल मड्रिडसँगको खेल गुमाउने खतरा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here