बार्साका कप्तान इनियष्टाद्वारा रियलका कप्तान रामोसलाई सन्देश

बार्सा नेपाल । बार्सिलोनाका कप्तान आन्द्रेज इनियष्टाले रियल मड्रिडका कप्तान सर्जियो रामोसलाई आइतबार रातिको एल क्लासिकोमा लगाएको जर्सी दिएका छन् । क्याम्प नाउमा सम्पन्न एल क्लासिकोपछि रामोसले इनियष्टालाई जर्सी दिन आग्रह गरेका थिए ।

उनको आग्रहलाई इनियष्टाले स्वीकार गरी इनियष्टाले जर्सीमा एक सन्देश पनि लेखेका छन् । जुन सन्देशमा भनिएको छ ‘यो जर्सी सर्जियो रामोसको लागि, हामीले धेरै समय सँगै बितायौं र केही समय परस्पर बिरोधी भएर । धन्यवाद ! र शुभकामना छ ।’

इनियष्टाको जर्सी पाएपछि रामोसले उक्त जर्सी सहितको फोटो सामाजिक संजालमा राखेका छन् । सामाजिक संजालमा उनले ‘मेरो साथी म तिमीलाई सम्झिरहनेछु ।’ इनियष्टाले रियल मड्रिडबिरुद्ध लगाएको जर्सी पाएपछि उनले रियल मड्रिडको ट्र्याक लगाएर फोटो खिचेका थिए ।

८ अप्रिल २०१८ मा प्रकाशित

इनियष्टालाई भित्र्याउन खोजेको होइन, व्यवसायीक सम्झौता मात्रैः चिनिया क्लब चोङचिङ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here