पाँच औं पटक यूरोपियन गोल्डेन बुट जित्ने दाउमा बार्सिलोनाका मेसी

बार्सा नेपाल । यूरोपियन फुटबल लिगहरु सकिनै लाग्दा ‘यूरोपियन गोल्डेन बुट’को लागि बार्सिलोनाका लियोनल मेसी अग्रस्थानमा छन् । दुई खेल अघिसम्म लियोनल मेसीलाई लिभरपुलका मोहम्मद सलाहले पछि पारेका थिए । तर, लियोनल मेसीले ला लिगाको ३४ औं खेलमा ह्याट्रिक र ३५ औं खेल रियल मड्रिडबिरुद्ध एक गोल गरेपछि मेसी उच्च गोलकर्ताको शीर्ष स्थानमा रहेका हुन् ।

मेसीले जारी सिजनमा ३३ गोल गरिसकेका छन् भने बार्सिलोनाले लिगमा अझै तीन खेल खेल बाँकी रहेको अवस्थामा उनको गोलसंख्या बढ्ने सम्भावना प्रवल छ ।

दोस्रो स्थानमा रहेका लिभरपुलका मोहम्मद सलाहले जम्मा ३१ गोल गरिसकेका छन् । प्रिमियर लिगमा लिभरपुलले मात्र १ खेल खेल्न बाँकी छ ।

त्यस्तै बार्यन म्युनिखका रोबर्ट लेवान्डोस्की तथा लात्सियोका सिरो इमोबाइलले हालसम्म २९ गोल गरिरहेका छन् भने बार्यनले अब १ खेल मात्रै खेल्न बाँकी छ । भने लात्सियोले २ खेल खेल्न बाँकी छ ।

बार्सिलोनाका लुईस स्वारेज पनि गोल्डेन बुट रेसको उत्कृष्ट १० मा परेका छन् । उनले हालसम्म २४ गोल गरिसकेका छन् ।

यूरोपियन फुटबल लिगमा सर्वाधिक गोल गर्ने खेलाडीलाई यूरोपियन गोल्डेन बुट अवार्ड सन् १९६७ देखि प्रदान गर्दै आइरहेको छ । रोनाल्डोले यो अवार्ड पहिलो पटक पाएका थिए । उनले सिजन १९९६–९७ को सिजनमा ३४ गोल गरेका थिए । त्यसपछि सिजन २००९–१० मा लियोनल मेसीले ३४ गोल, २०११–१२ मा ५० गोल, २०१२–१३ मा ४६ गोल, २०१६–१७ मा ३७ गोल गरेर मेसीले उक्त अवार्ड जितेका थिए ।

८ मे २०१८ मा प्रकाशित

जारी सिजनकाे ला लिगामा मेसी यी १० कुरामा अगाडि

डेपोसँगको ह्याट्रिकसँगै मेसीको गोलसंख्या १०००

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here