इनियष्टालाई भित्र्याउन खोजेको होइन, व्यवसायीक सम्झौता मात्रैः चिनिया क्लब चोङचिङ

बार्सा नेपाल । बार्सिलोनाको कप्तान आन्द्रेज इनियष्टाको बारेमा चिनिया क्लब चोङचिङ दाङलाई लिफानले एक विज्ञप्ती जारी गरेको छ । चोङचिङले आफ्नो वेभसाइटमार्फत एक विज्ञप्ती जारी गरी क्लबले इनियष्टालाई भित्र्याउन नलागेको तर व्यवसायीक सम्झौता भने गर्न लागेको बताएको हो ।

यसअघि प्रकाशित समाचारहरुमा इनियष्टासँग ३ वर्षको सम्झौता गर्न लागेको भनेर समाचारहरु प्रकाशित भएको थियो । तर सो कुराबारेमा प्रश्ट पार्दै क्लबले इनियष्टालाई चिनिया फुटबल फेडेरेसनको नियम बिपरित भित्र्याउन नलागेको बताएको हो ।

वार्सिलोनाको सिनियर टिमबाट १६ वर्ष खेलेका इनियष्टाले जारी सिजनको अन्त्यसँगै क्लब छोड्न लागेका छन् । उनले यसबारेमा पत्रकार सम्मेलन नै गरिसकेका छन् । तर उनी कहाँ जाने भन्नेबारेमा अझै टुंगो लागिसकेको छैन यद्यपी उनले यूरोपको क्लबमा नजाने बताइसकेका छन् ।

८ मे २०१८ मा प्रकाशित

इनियष्टालाई भेट्न रियलका प्रशिक्षक जिदानले टनेलमा ५ मिनेट कुरे

इनियष्टा पनि नचिन्नेले के फुटबलकाे गफ लाउनु !

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here