बार्तोमेउद्वारा ग्रिजम्यानको एजेन्टसँग भेट गरेको स्वीकार

बार्सा नेपाल । बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्तोमेउले एथ्लेटिको मड्रिडका स्ट्राइकर एन्टोएन ग्रिजम्यानको एजेन्टलाई भेट गरेको कुरा खुलासा गरेका छन् । रेस वान् सँगको कार्यक्रम ‘एल मन’माको अन्तर्वार्तामा उनले यो कुराको खुलासा गरेका हुन् ।

कार्यक्रममा कुरा गर्दै बार्तोमेउले गत डिसेम्बर १७ मा ग्रिजम्यानको बारेमा उनको एजेन्टसँग बार्सिलोनास्थित समिट रेष्टुरेन्टमा २७ वर्षीय स्ट्राइकरको बार्सिलोना स्थानान्तरणको बारेमा कुरा भएको उनले स्वीकार गरेका हुन् । यसअघि मुन्डो डिर्पोटिभोले ग्रिजम्यानको बार्सा स्थानान्तरणको बारेमा समाचारहरु प्रकाशित गर्दै आइरहेको थियो ।

बार्तोमेउसँगको भेटमा ग्रिजम्यानको दिदी पनि आएकी थिइन् । भेटमा बार्सिलोनाले ग्रिजम्यानलाई भित्र्याउन चाहेको कुरा उठेको थियो ।

त्यस्तै बार्तोमेउले ग्रिजम्यानलाई अघिल्लो समयमा पनि भेटेको कुरा खुलासा गरेका छन् । बेलारिक टापुमा बिदा मनाइरहेको ग्रिजम्यानलाई संयोगले भेट भएको कुरा सोही कार्यक्रममा उनले भनेका हुन् । सो समयमा सामान्य कुराकानी मात्र भएको बार्तोमेउको भनाई थियो ।

पछिल्लो समय ग्रिजम्यान बार्सिलोना आउने भन्नेबारे बिभिन्न समाचार प्रकाशित भइरहँदा बार्तोमेउको खुलासाले थप कौतुहलता थपिदिएको छ ।

८ मे २०१८ मा प्रकाशित

बार्सिलोनाका ४० अध्यक्ष, को कति सफल ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here