इनियष्टालाई भेट्न रियलका प्रशिक्षक जिदानले टनेलमा ५ मिनेट कुरे

बार्सा नेपाल । बार्सिलोनाका कप्तान आन्द्रेज इनियष्टाले अन्तिम एल क्लासिको खेल्नुअघि रियल मड्रिडका प्रशिक्षकले उनलाई भेट्न ५ मिनेट कुरेका थिए ।

खेल सुरु हुनुभन्दा अघि उनी इनियष्टालाई सम्मान गर्नको लागि ५ मिनेट कुरेको रियल मड्रिड निकट समाचारसंस्था मार्साले बताएको छ ।

जिदानले इनियष्टालाई भेटेको फोटो पनि सार्वजनिक भएको छ । मुभिस्टार प्लासको क्यामराले उक्त दृष्य कैद गरेको थियो ।

इनियष्टाले बार्सिलोना छोड्ने निर्णय गरेपछि जिदानले उनको प्रशंसा गरेर बलोन डि‘ओर नै जित्नुपर्ने खेलाडी भनेका थिए । उनले एल क्लासिको खेल अघिको पत्रकार सम्मेलनमा पनि इनियष्टाको तारिफ गरेका थिए ।

७ मे २०१८ मा प्रकाशित

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here