एल क्लासिको ‘प्रेटिक्ट टु विन’मा १६ सय ६४ जना सहभागी, विजेताको नाम घोषणा

बार्सा नेपाल । बार्सा नेपाल डटकमले एल क्लासिकोको लागि संचालन गरेको प्रेडिक्ट टु विन योजनामा उल्लेख्य मात्रामा सहभागीता रहेकोमा हामी निकै खुसी छौं । हामीले प्रायः बार्साको हरेक खेलमा क्यूएफएक्स सिनेमाजसँगको सहकार्यमा हामीले विजेताहरुलाई क्यूएफएक्स सिभिल मलमा रहेको हलमा आफूले हेर्न चाहेको सिनेमाको टिकट प्रदान गर्दै आइरहेका छौं ।

एल क्लासिकोको लागि हामीले संचालन गरेको प्रेडिक्ट टु वीनमा १६ सय ६४ जनाले सहभागिता जनाएका थिए । जसमध्ये ३–१ गोलको नतिजा सबैभन्दा धेरैले प्रेडिक्ट गरेका थिए । ७८२ जनाले ३–१, ३७२ जनाले ३–२, २०२ जनाले १–१, ४७ जनाले २–२, ७६ जनाले १–२ तथा ०–१ को नतिजा ३५ जनाले प्रेडिक्ट गरेका थिए ।
एल क्लासिकोको नतिजा २–२ गोलको अनुमान ४७ जनाले मिलाएका थिए । उक्त ४७ जना मध्येबाट ४ जना विजेताको नाम लक्की ड्रमार्फत निकालेका छौं ।

विजेताहरु

  • रुपा केसी        9841****99
  • विबेक विमली    9843****94
  • राजेश ढकाल    9841****72
  • प्रमोद चौधरी     9849****20

विजेताहरुलाई हामी केही दिनभित्रै सम्पर्क गरि आफूले हेर्न चाहेको चलचित्रको टिकट प्रदान गर्नेछौं ।
हामी आगमी दिनमा अझै आकर्षक पुरस्कारहरुको साथमा उपस्थित हुनेछौं । साथै विश्वकप विशेषको लागि पनि हाम्रो तयारी भइरहेको छ ।
धन्यवाद !

बार्सा नेपाल डटकम टिम

७ मे २०१८ मा प्रकाशित

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here