रियल मड्रिडसँगको खेलमा बार्साका कुन खेलाडीको प्रदर्शन कस्तो ? (प्लेयर्स रेटिङ्ग)

बार्सा नेपाल । बार्सिलोनाले सोमबार बिहान सम्पन्न खेलमा चिरप्रतिद्धन्द्धी क्लब रियल मड्रिडसँग बराबरी खेल्यो । घरेलु मैदान क्याम्प नाउमा सम्पन्न खेलमा दुइ क्लबले २–२ गोलको बराबरी खेलेको हो ।

बार्सिलोनाका खेलाडी सर्जी रोबर्टोले पहिलो हाफको अन्त्यमा सिधा रेडकार्ड पाएपछि बार्सा दोस्रो हाफमा १० खेलाडीमा सीमित बनेको थियो । त्यसको बाबजुद पनि बार्सिलोनाले रियलसँग राम्रोसँग खेल्यो । गोल गर्यो र आफ्ना अपराजित यात्रालाई कायमै नै राख्यो । यहाँ हामीले रियलबिरुद्ध बार्साका खेलाडीहरुको प्रदर्शन कस्तो भनेर रेटिङ्ग तयार पारेका छौं । रेटिङ्गको पूर्ण अंक १० रहेको छ ।

टेर स्टेगन ७

बार्सिलोनाले खाएको पहिलो गोलमा टेर स्टेगनले केही गर्न सकेनन् । डिबक्सभित्र रहेको बल र विपक्षी खेलाडीहरु हावी भइदिँदा उनले केही गर्न सकेनन् । खेलको २७ औं मिनेट चलिरहँदा रोनाल्डोले पाएको गोल गर्ने अवसरलाई उनले उत्कृष्ट बचाउ गरे । ५२ औं मिनेटमा एसेन्सिया प्रहारलाई उनले बचाए । ७२ औं मिनेटमा बेलको गोलको बचाउन गर्न उनलाई प्राय असम्भव थियो ।

सर्जी रोबर्टो ६

बार्सिलोनालाई अग्रता दिनको लागि रोवर्टोको योगदान उच्च रह्यो । उनले मेसीलाई पास दिए भने मेसीले स्वारेजलाई गोलको लागि बल मिलाईदिए । पहिलो हाफको अतिरिक्त समयमा सर्जी रोबर्टोलाई मार्सेलोको कारण रेडकार्ड देखाइयो ।

जेरार्ड पिके ७

पिकेले रियलले खेलको १५ औं मिनेटमा गरेको बराबरी गोलको लागि रोनाल्डोकोलाई रोक्न सकेनन् । खेलको २४ औं मिनेटमा मार्सेलेको क्रसलाई क्लियर गरे । पिके पहिलो हाफमा मात्रै होइन दोस्रो हाफमा पनि व्यस्त देखिए । उनले ७९ औं मिनेटमा लुकासको प्रहारलाई क्लियर गरे । ८९ औं मिनेटमा पिकेले एक्रोब्याटिक क्लियर गरे ।

स्यामुअल उम्टीटी ६

खेलको २७ औं मिनेटमा रोनाल्डोले एक उत्कृष्ट मुभ बनाइरहँदा उम्टीटीले पछि मात्रै चाल पाए । यसमा उनी कमजोर देखिए । उम्टीटीले ३७ औं मिनेटमा मेसीले हानेको फ्रि किकमा गोल गर्ने अवसरलाई खेर फाले । पहिलो हाफको इन्जुरी समयमा उम्टीटीले बल होल्ड गरिरहँदा

जोर्डी अल्बा ७

खेलको १९ औं मिनेटमा मेसीले लामो दूरीको पास अल्बालाई गोलको लागि मिलाईदिएका थिए । तर उनको प्रहार पोस्टमाथिबाट गयो । अल्बा बेलको पेसलाई रोक्नमा बढी व्यस्त भए ।

सर्जियो बुस्क्वेट्स ७.५

पहिलो हाफमा बुस्क्वेट्ले सदाको जस्तै डिफेन्सिभ मिडफिल्डको भूमिका निभए । ४९ औं मिनेटमा डिबक्सभित्र मार्सेलोले बल खेलाईरहँदा उनले सहजै उक्त बललाई नियन्त्रणमा लिए ।

इभान राकेटिच ७

पहिलो हाफमा राकेटिच निकै सम्हालिएर रियलसामु प्रस्तुत भए । केही कि पास, केही पास खोस्ने काममा उनी अगाडि देखिए । ५६ औं मिनेटमा लुका मोड्रिचले बल अगाडि बढाइरहँदा राकेटिचले अत्यान्तै राम्रो ट्याकल गरे । ६९ औं मिनेटमा राकेटिचले सर्जियो रामोसलाई हानेको नटमेग पनि हेर्न लायक थियो ।

आन्द्रेज इनियष्टा ७

इनियष्टाको पहिलो हाफ सन्तोषजनक नै देखियो । उनले कोउटिन्हो तथा मेसीसँग मिलेर खेललाई नियन्त्रणमा लिने प्रयास गरे । उनको लागि क्लासिको अन्तिम बन्यो ।

फिलिप कोउटिन्हो ६

कोउटिन्होको पहिलो एल क्लासिकोमा उनी त्यती सफल देखिएनन् । पहिलो हाफमा पाएको गोल गर्ने अवसरको सदुपयोग उनीबाट हुन सकेन । दोस्रो हाफ सुरु हुनेबित्तिकै उनको स्थानमा नेल्सन सेमेडोलाई पठाइयो ।

लुइस स्वारेज ८

स्वारेजले १० औं मिनेटमा मेसीको पासमा बार्सिलोनाको लागि गोल गरे । १० खेलाडीमा सीमित हुँदा पनि स्वारेजले मेसीलाई गोलको लागि पास मिलाईदिए । पहिलो हाफभन्दा दोस्रो हाफमा स्वारेजको प्रदर्शन केही फितलो भयो ।

लियोनल मेसी ८.५

स्वारेजलाई खेलको १० औं मिनेटमा नै मेसीले गोलको लागि पास मिलाईदिए । पहिलो हाफमा पनि उत्कृष्ट खेल खेलेका मेसीले दोस्रो हाफमा बार्सा १० खेलाडीमा सीमित हुँदा पनि गोल गरे । उनले ५२ औं मिनेटमा स्वारेजको पासमा गोल गरेका हुन् । ७० औं मिनेटमा मेसीले हानेको प्रहारलाई केलर नाभसले बचाउ गरे ।

बैकल्पिकक खेलाडी

नेल्सन सेमेडो ७

सर्जी रोेबर्टोले सिधा रातोकार्ड पाएपछि उनको स्थानमा दोस्रो हाफको सुरुमै सेमेडो आए । उनले ५८ औं मिनेटमा नैक पाउलिन्होलाई गोलको लागि उत्कृष्ट अवसर प्रदान गरेका थिए । ६८ औं मिनेटमा मार्सेलोलाई डिबक्सभित्र नियन्त्रण लिँदा पनि उनको प्रदर्शन हेर्न लायक थियो ।

पाउलिन्हो ६

इनियष्टाको स्थानमा पाउलिन्हो दोस्रो हाफमा मैदान प्रवेश गरेका हुन् । पाउलिन्हो मैदान प्रवेश गर्नेवित्तिकै सेमेडोले गोल गर्ने अवसर दिए तर उनी सफल भएनन् । पछि पनि उनले केही गोल गर्ने अवसर खेर फाले

पाको अल्कासर

अल्कासरलाई खेलको अन्तिम समयमाक लुइस स्वारेको स्थानमा अवसर दिइएको थियो ।

७ मे २०१८ मा प्रकाशित

NEXT MATCH: बार्सिलोना विरुद्ध भिलारियल

१० खेलाडीमा सीमित बार्सिलोनाले रियल मड्रिडलाई बराबरीमा रोक्यो

मड्रिडलाई ट्रोलः पिकेको आग्रहमा बार्साद्वारा खेलाडीहरुलाई ‘गार्ड अफ अर्नर‘

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here