NEXT MATCH: बार्सिलोना विरुद्ध भिलारियल

बार्सा नेपाल । बार्सिलोनाले घरेलु लिग ला लिगाको ३६ औं खेल भिलारियलसँग खेल्दैछ । बार्सिलोनाले घरेलु लिग आफ्नो पोल्टामा पारिसकेको छ भने भिलारियल यूरोपा लिगको लागि छनोट हुने स्थानमा रहेको छ ।

यो खेल बार्साको घरेलु मैदान क्याम्प नाउमा मे ९ तारिखको बेलुकी पौने १२ बजे नेपाली समयअनुसार सुरु हुनेछ ।

यसअघिको पहिलो लेगमा भिलारियलको मैदानमा भएको खेलमा बार्सिलोना २–० गोलले विजयी भएको थियो । बार्सिलोनाको लागि ७२ औं मिनेटमा लुईस स्वारेज तथा ८३ औं मिनेटमा लियोनल मेसीले गोल गरेका थिए । उता भिलारियलका खेलाडी ड्यानी राबाले भने रातोकार्ड खाएका थिए ।

भिडियो,

७ मे २०१८ मा प्रकाशित

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here