मड्रिडलाई ट्रोलः पिकेको आग्रहमा बार्साद्वारा खेलाडीहरुलाई ‘गार्ड अफ अर्नर‘

बार्सा नेपाल । जारी सिजनको ला लिगा च्याम्पियन बार्सिलोनालाई रियल मड्रिडले ‘गार्ड अफ अर्नर’ नदिएपछि बार्सिलोनाकै कोचिङ्ग स्टाफले खेलाडीहरुप्रति सम्मान व्यक्त गरेको छ ।

परम्परा अनुसार विजेता टिमलाई गार्ड अफ अर्नर दिने प्रचलन छ तर रियल मड्रिडले उक्त परम्परालाई निरन्तरता दिन नमानेपछि बार्साको कोचिङ्ग स्टाफहरुले आफ्ना खेलाडीहरुप्रति सम्मान व्यक्त गरेको हो । क्याम्प नाउमा सम्पन्न एल क्लासिको सकिएपछि कोचिङ्ग स्टाफले मैदानबाट खेलाडीहरु ड्रेसिङ्ग रुपमा फर्कैदै गर्दा गार्ड अफ अर्नर दिएको हो ।

उक्त गार्ड अफ अर्नरको कुरा बार्सिलोनाका डिफेन्डर जेरार्ड पिकेले माइक्रोफोन मार्फत नै गरेका हुन् । च्याम्पियनप्रति सम्मान नदेखाएको भन्दै पिकेले स्टाफहरुलाई गार्ड अफ अर्नर दिन आग्रह गरेका थिए । उक्त कुरा जायज भएको भन्दै कोचिङ्ग स्टाफहरु लामबद्ध भएर खेलाडीहरुलाई गार्ड अफ अर्नर दिएको थियो ।

उक्त गार्ड अफ अर्नर ‘रियल मड्रिडको लागि ट्रोल’ भएको सामाजिक संजालमा चर्चा भइरहेको छ ।

उक्त क्लासिकोमा बार्सिलोना १० खेलाडीमा सीमित भएपनि २–२ गोलको बराबरीमा सकिएको थियो ।

७ मे २०१८ मा प्रकाशित

NEXT MATCH: बार्सिलोना विरुद्ध भिलारियल

१० खेलाडीमा सीमित बार्सिलोनाले रियल मड्रिडलाई बराबरीमा रोक्यो

बार्सिलोना र रियल मड्रिडबीचको ‘गार्ड अफ अर्नर’ परम्परा सकिएकै हो त ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here