१० खेलाडीमा सीमित बार्सिलोनाले रियल मड्रिडलाई बराबरीमा रोक्यो

बार्सा नेपाल । ला लिगाको दोस्रो चरणको एल क्लासिको २–२ गोलको बराबरीमा सकिएको छ । केहीबेरअघि बार्सिलोनाको घरेलु मैदान क्याम्प नाउमा सम्पन्न खेलमा घरेलु टिम पुरै दोस्रो हाफभरि नै १० खेलाडीमा सीमित बनेको थियो ।

खेलमा बार्सिलोनाको लागि पहिलो गोल लुईस स्वारेजले गरेका थिए । उनले सर्जियो रोबर्टोको पासमा खेलको १० औं मिनेटमा गोल गरेका हुन् । तर, १५ औं मिनेटमा नै करिम बेन्जेमाको पासमा क्रिस्टियानो रोनाल्डोले गोल गरेर खेल बराबरीमा ल्याएका थिए ।

पहिलो हाफमा बार्सिलोनाका सर्जी रोबर्टोलाई रेफ्री हर्नान्डेज हर्नाडेजले विवादास्पद रेड कार्ड दिएपछि बार्सा १० खेलाडीमा सीमित बनेको थियो । तर ५३ औं मिनेटमा स्वारेजको पासमा मेसीले गोल गरे तर ७३ औं मिनेटमा ग्यारेथ बेलले एसेन्सियाको पासमा गोल फर्काएपछिको नतिजा नै फाइनल बन्यो ।

खेलमा बार्सिलोनाले ११ वटा प्रहार गर्दा जम्मा ४ वटा पोस्टमा लागेको थियो भने रियलले १७ वटा प्रहार गर्दा ५ वटा फ्रेममा परेको थियो । बार्सिलोनाले ८ वटा फाउल गर्दा रियलले २० वटा, बार्सिलोनाका ३ खेलाडीलाई पँहेलो कार्ड रियलकालाई ५ वटा दिइएको थियो ।

ला लिगा जितिसकेको बार्सिलोनाले आफ्नो अपराजित यात्रालाई अझै कायमै राखेको छ ।

आजको खेल क्याम्प नाउमा बसेर ९७ हजार ९३९ जनाले हेरेका थिए ।

७ मे २०१८ मा प्रकाशित

NEXT MATCH: बार्सिलोना विरुद्ध भिलारियल

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here