MATCH DAY घरेलु मैदानमा रियललाई फेरि परास्त गर्ने दाउमा ला लिगा विजेता बार्सिलोना

बार्सा नेपाल । बार्सिलोनाले आज घरेलु मैदान क्याम्प नाउमा चिरप्रतिद्धन्द्धी रियल मड्रिडसँग लिगको ३५ औं खेल खेल्दैछ । बार्साले जारी सिजनको ला लिगाको उपाधि सुरक्षित गरिसकेको अवस्थामा घरेलु मैदान क्याम्प नाउमा सिजनको दोस्रो चरणको खेल खेल्न लागेको हो ।

यसअघिको पहिलो लेगमा बार्सिलोनाले रियलकै घरेलु मैदानमा ३–० गोलको जित दर्ता गरेको थियो । डिसेम्बर २३ मा भएको खेलमा बार्सिलोनाको लागि ५४ औं मिनेटमा लुईस स्वारेज, ६४ औं मिनेटमा लियोनल मेसी तथा खेलको इन्जुरी समयमा एलेक्सिस भिडालले गोल गरेका थिए । खेलको ६३ औं मिनेटमा रियलका ड्यानी कार्भाहालले डिबक्सभित्र ह्याण्ड गरेपछि सिधा रेडकार्ड खाएर रियल १० खेलाडीमा सीमित बनेको थियो ।

जारी ला लिगाको सिजन रियलको लागि सुखद् हुन सकेन । लिगको ३४ खेल खेल्दा २० खेलमा जित ८ खेलमा बराबरी तथा ५ खेलमा हार व्यहोरेर हालसम्म ७१ अंक मात्रै जोडेको छ ।

कोपा डेल रे लेगानेससँग पराजय व्यहोरेको तथा ला लिगमा पनि बार्सिलोनाको पोल्टामा गएको अवस्थामा रियलको लागि जारी सिजनमा च्याम्पियन्स लिग मात्रै बाँकी छ । ला लिगाको पहिलो चरणको खेलमा बार्सिलोनासँग लज्जास्पद हार व्यहोरेको कारण बार्सिलोनासँगको खेल रियलको लागि प्रतिष्ठाको लडाई बन्ने छ ।
आजको एल क्लासिकोको लागि विश्वभरका फुटबल फ्यानहरुले आ–आफ्नै तरिकाले हेर्ने तयारी थालेका छन् । कोही समूहगत रुपमा प्रोजेक्टर लगाएर त कोही घरमै समर्थकहरु भेला भएर हेर्ने तयारी गरेका छन् ।

६ मे २०१८ मा प्रकाशित

एल क्लासिकोमा रियल मड्रिडभन्दा बार्सिलोना अघि, यस्तो छ इतिहास

ला लिगामा बार्साका खेलाडीहरुको प्रदर्शन कस्तो ? (तुलना)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here