३८ क्लासिको खेलेका इनियष्टाको ८ सम्झन लायक ‘क्लासिको भिडन्त’

बार्सा नेपाल । जारी सिजनको अन्त्यसँगै बार्सिलोना छोड्ने निर्णय गरेको बार्सिलोनाका कप्तान इनियष्टाको लागि रियल मड्रिडसँगको खेल अर्थात एल क्लासिकोका धेरै सुखद् तथा थोरै मात्र दुखद् घटनाहरु रहेका छन् ।

इनिष्टाको कप्तानमा रहेको बार्सिलोनाले जारी सिजनमा दुई वटा उपाधि जितिसकेको छ । २२ वर्ष बार्सिलोनामा बिताएका इनियष्टाले ३८ वटा क्लासिको खेल्न पाए । सन् २००४ देखि २०१७ को डिसेम्बरसम्मा उनले १६ वटा क्लासिको जिते, ९ वटा बराबरी खेले भने १२ वटामा हारे ।

यहाँ हामीले इनियष्टाको ८ वटा महत्वपूर्ण एल क्लासिको घटनाको बारेमा जानकारी प्रस्तुत गरेका छौं ।

१ डेब्यू क्लासिकोमा जित

इनियष्टाकले डेब्यू गरेको क्लासिकोमा बार्सिलोनाले जितेको थियो । उनी स्यामुअल इटोको स्थानमा मैदान प्रवेश गरेका थिए । उक्त खेलमा रोनाल्डिन्होको गोलबाटा बार्सिलोना विजयी भएको थियो ।

२ घरेलु मैदानमा पहिलो हार

इनियष्टाले क्लासिकोमा डब्यू पाएपछि लागातार ७ वटा क्लासिकोको नतिजा बार्साको पक्षमा गयो । तर सन् २००७ को नोभेम्बरमा भएको क्लासिकोमा रियल मड्रिड क्याम्प नाउमा विजयी भएको थियो ।

३. ऐतिहासिक ६–२ गोलको जित

पेप ग्वार्डिवलाले सम्हालेको बार्सिलोनाले घरेलु मैदानमा ६–२ गोलको सिजत निकाल्दा इनियष्टा टोलीको महत्वपूर्ण खेलाडी थिए ।

४. रोनाल्डोलाई हकारेको क्लासिको

सन् २००९ मा बार्सिलोनाले ट्रेबल जितेपछि रियलका पेरेजले क्रिस्टियानो रोनाल्डोलाई भित्र्याएका थिए । रोनाल्डोले डेब्यू पाएको पहिलो खेलमा रोनाल्डोले इनियष्टालाई ‘डाइभ’ गरेको आरोप लगाएपछि इनियष्टाले ‘चुप लाग क्रिस्टियानो’ भनेर हकारेका थिए ।

५. रियलमाथि ५–० गोलको जित

जोसे मउरिन्होको रियललाई ५–० गोलले बार्सिलोनाले पराजित गर्दाको क्षण इनियष्टाको लागि सुखद् क्षण हो ।

६. पहिलो गोल

इनियष्टाले क्लासिकोमा पहिलो गोलको लागि २१ खेलसम्म कुर्नुपर्यो । स्पेनिस सुपर कपमा बार्साले रियललाई ३–२ गोलले हराउँदा उनले गोल गरेका थिए । उक्त समयमा बार्साको प्रशिक्षक टिटो भिलानोभा रहेका थिए ।

७. बेर्नाबेउमा ‘स्ट्यान्डिङ ओभियसन’

स्पेनलाई सन् २०१० को विश्वकप विजेता बनाउँदा रियलको मैदान बेर्नाबेउमा घरेलु समर्थकले निकै सम्मान दर्शाएका थिए ।

८. रियललाई ४–० गोलले हराउँदाको गोल स्कोरर

बार्सा रियलको घरेलु मैदानमा ४–० गोलले विजयी हुँदा घरेलु समर्थकले इनियष्टाप्रति सद्भाव देखाएका थिए । २०१५ मा भएको खेलमा इनियष्टाले नेयमारको ब्याकहिल पासमा गोल गरेका थिए । मार्साको सहयोगमा

६ मे २०१८ मा प्रकाशित

इनियष्टालाई चोङचिङबाट ठूलो प्रस्ताव, १८ मिलियन बोत्तल इनियष्टा वाइन पनि किनिदिने

इनियष्टा पनि नचिन्नेले के फुटबलकाे गफ लाउनु !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here