बार्सिलोना र रियल मड्रिडबीचको ‘गार्ड अफ अर्नर’ परम्परा सकिएकै हो त ?

बार्सा नेपाल । जारी सिजनमा बार्सिलोनाले दुई वटा उपाधि आफ्नो नाममा पारिसकेको छ । बार्सिलोनाले सिजनको पहिलो ट्रफी सेभियालाई कोपा डेल रेको फाइनलमा हराएर पाएको हो । कोपा डेल रेको उपाधि जितिसकेपछिको अर्को खेलमा बार्सिलोनालाई डिर्पोटिभोले गार्ड अफ अर्नर दिएको थियो । कोपा डेल रेको उपाधि जितेको भन्दै घरेलु मैदानमै बार्सालाई गार्ड अफ अर्नर दिएको हो ।

बार्सिलोनाले डिर्पोटिभोलाई हराएसँगै जारी सिजनको ला लिगा उपाधि आफ्नो नाममा पारेको छ । त्यसपछिको खेल आज घरेलु मैदान क्याम्प नाउमा चिरप्रतिद्धन्द्धी क्लब रियल मड्रिडसँग हुँदैछ । बार्साले ला लिगा जितिसकेको अवस्थामा रियल मड्रिडले गार्ड अफ अर्नर दिनुपर्ने हो तर, रियलले त्यसो नगर्ने भएको छ ।

रियलका प्रशिक्षक जिनेदिन जिदानले बार्साले गार्ड अफ अर्नर नपाउने बताएका हुन् । क्लब वल्र्डकपको उपाधि रियलले जित्दा रियललाई गार्ड अफ अर्नर नदिएको कारणले बार्साले पनि नपाउने उनको तर्क छ । सो उपाधिपछि रियलले गार्ड अफ अर्नरको माग गरिरहँदा बार्साले भने क्लव वल्र्डकपमा बार्सिलोना सहभागी नभएको कारणले गर्दा दिन असमर्थ रहेको बताएको थियो । जिदानले सोही कुरालाई आधार बनाएर गार्ड अफ अर्नर नदिने बताएका हुन् । तर, फुटबलका विश्लेषकहरुले रियलले गार्ड अफ अर्नरको परम्परा बिगार्न लागेको बताएका छन् ।

बार्सिलोनाले रियलप्रति सम्मना व्यक्त गर्दै आइरहेको छ । सन् २००८ मा रियलले उपाधि जित्दा टिमप्रति सम्मान व्यक्त गरेको थियो ।

६ मे २०१८ मा प्रकाशित

रियल मड्रिडको ट्रियो बीबीसीको लागि आजको क्लासिको अन्तिम !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here