Predict 2 Score मा विजयी ४ जनालाई ८ वटा QFX Cinemas को टिकट (नियमहरू)

बार्सा नेपाल । बार्सा नेपाल डटकमले बार्सिलोना र रियल मड्रिडबीच हुने ला लिगाकाे ३५ अाैं खेलकाे लागि ‘प्रेडिक्ट टु विन’ योजना सार्वजनिक गरेको छ । खेलमा फाइनल स्कोरलाईन मिलाउने ४ जनाले क्यूएफएक्स सिनेमाको २/२ वटा आफूले हेर्न चाहेको सिनेमाको टिकट प्राप्त गर्नेछन् ।

कसरी सहभागी हुने ?

नमूना
  • क्लबको लोगो मुनी रहेको बक्सहरुमा क्लबले गर्ने गोल अनुमान गर्ने
  • आफ्नो पुरा नाम लेख्ने
  • आफ्नो इमेल ठेगाना लेख्ने
  • आफ्नो फोन नम्बर लेखेर ‘डन’ अप्सनमा क्लिक गरेपछि प्रकृया पुरा हुन्छ ।

विजेता छनोट

प्रेडिक्ट टु विनमा सही अनुमान गर्नेहरुको छनोट हाम्रो कम्प्युटर प्रोग्रामले गर्छ र सोही प्रोग्रामले एक जना विजेताको घोषणा गर्नेछ । विजेताको घोषणा हामी यही वेभसाइटबाट गर्नेछौं । साथै विजेतालाई फोन गरेर यदी फोनमा सम्पर्क नभएमा इमेल मार्फत विजेता भएको जानकारी गराउँछौं ।

प्रेडिक्ट टु विनका नियमहरु

  • यस योजनामा जो कोही पनि सहभागी हुन सक्नेछन् ।
  • समान नाम, फोन नम्बर तथा इमेलमार्फत एकपटकभन्दा बढी प्रेडिक्ट गरेमा हाम्रो प्लगिनले स्वतः तपाईको अनुमान खारेज गरिदिनेछ ।
  • सहभागीले आफ्नो पुरा नाम, सही इमेल ठेगाना तथा फोन नम्बर प्रदान गर्नुपर्नेछ ।
  • विजेतालाई हामी इमेल वा फोनमार्फत सम्पर्क गर्नेछौं ।
  • विजेताले ७२ घण्टाभित्र टिकट कलेक्सन गर्नुपर्नेछ अन्यथा हामी जवाफदेही हुनेछैनौं ।
  • यस योजनाको बारेमा सम्पूर्ण अधिकार बार्सा नेपाल डटकममा रहनेछ ।

तपाईले पठाउनुभएको इमेल ठेगाना तथा फोन नम्बरको गलत प्रयोग हुनेछैन । यो हाम्रो प्रतिबद्धता हो । यस उपहार योजनामा आगामी दिनमा अझै थप आकर्षक उपहारहरु थपिनेछन् ।

बार्सा नेपाल डटकम टिम

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here