रियल मड्रिडको ट्रियो बीबीसीको लागि आजको क्लासिको अन्तिम !

बार्सा नेपाल । रियल मड्रिडको अट्याकिङ्ग ट्रियोको लागि आजको एल क्लासिको अन्तिम हुने भएको छ । बेल, बेन्जेमा तथा क्रिस्टियानोलाई ‘बीबीसी’ नाम दिए पनि उनीहरुको प्रदर्शन राम्रो छैन सोही कारणले यही समयदेखि उक्त ट्रियो टुक्रने भएको समाचार स्र्पोटमा उल्लेख छ ।

बेललाई मड्रिडले किर्तिमानी मूल्य हालेर भित्र्याएको हो तर उनले सोही मूल्य अनुसारको प्रदर्शन गर्न नसकेको स्वयं मड्रिड समर्थकहरुले गर्दै आएका छन् । त्यस्तै करिब बेन्जेमाको प्रदर्शनपछि योग्य नभएको तर प्रशिक्षक जिनेदिन जिदानले काखी च्यापेको कारणले उनीहरुलाई आउँदो सिजनबाट क्लबले नराख्ने भनेर समाचारहरु प्रकाशित भएका छन् । बार्सिलोनाका पूर्व खेलाडी नेयमारलाई रियलले ताकिरहेको छ । यदी उनी बेर्नाबेउमा गएमा क्रिस्टियानोलाई समेत क्लबले नराख्न सक्ने समाचारहरु प्रकाशित भइसकेका छन् ।

तिन खेलाडीहरुको ट्रियो भन्दा त्यसमा इस्को र एसेन्सियोको प्रर्दशन राम्रो भएपछि जिनेदिन जिदानले आजको क्लासिकोमा ‘ट्रियो’ उतार्ने सम्भावना निकै न्यून रहेको छ ।

बेल रियल भित्रेपछिको ५ सिजनमा ट्रियोले ५ वटा मात्रै क्लासिको सँगै खेल्न पाएका छन् तर उक्त खेलमध्ये १ खेलमा जित तथा ४ खेलमा बार्सासँग हार व्यहोरेको छ । उक्त समयमा बार्साले १४ गोल हान्दा ट्रियोले मात्र ८ गोल गर्न सकेको छ । अझै ट्रियो खेल्दा बेलले त गोल नै गर्न सकेका छैनन् ।

६ मे २०१८ मा प्रकाशित

आज क्याम्प नाउमा हुने ‘एल क्लासिको’मा यी ६ कुरा ध्यान दिएर हेर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here