सेगुन्डा डिभिजनमा बार्सा बीको लगातार सातौं हार

बार्सा नेपाल । बार्सा बीले स्पेनिस सेगुन्डा डिभिजनमा लगातार ७ औं हार व्यहोरेको छ । शनिबार राति घरेलु मैदान मिनी स्टेडियममा भएको खेलमा रियोससँग १–० गोलले हारेसँगै बार्सा बीले लगातार सातौं हार व्यहोरेको हो ।

मिनी स्टेडियममा भएको खेलमा पाहुना टोलीको लागि नवौं मिनेटमा मेयरले गरेको गोल नै निर्णायक बनेको थियो ।

लगातारको हारपछि बार्सा बी २२ टिम सम्मिलित सेगुन्डा डिभिजनको २० औं स्थानमा रहेको छ । लिगमा बार्सा बीले ३७ खेल खेलिसकेको छ । बार्सा बीले बाँकी सबै खेलमा जितेको खण्डमा रेलिगेशनमा पर्ने सम्भावना कम हुन्छ ।

गत २५ अप्रिलमा बार्सा बीको जिम्मेवारी जाभियर गार्सियालाई दिइएको थियो । प्रशिक्षक जेरार्ड लोपेजले टिमलाई सम्हाल्न नसकेको भनी बोर्डले उनलाई बर्खास्त गरेर गार्सियालाई जिम्मेवारी दिएको थियो तर, उनी आएपछि पनि क्लबले लगातार दुई वटा हार व्यहोरिसकेको छ ।

६ मे २०१८ मा प्रकाशित

बार्सा बीमा संकट आउनुको ५ कारण यस्तो

लोपेज बर्खास्त, युथ च्याम्पियन्स लिग जिताउने गार्सियालाई बार्सा बीको जिम्मेवारी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here