जारी सिजनमा भालभर्डेको बार्सा र ग्वार्डिवलाको सिटीबीच यस्तो ४ समानता

बार्सा नेपाल । बार्सिलोनाको पूर्व प्रशिक्षक तथा म्यान्चेस्टर सिटी सम्हालेका प्रशिक्षक पेप ग्वार्डिवला र बार्सिलोनो सिजन लगभग उस्तै रहेको छ । दुबै टिमले घरेलु लिग उपाधि र कप जितिसकेका छन् । तर दुबै टिम च्याम्पियन्स लिगबाट लगभग एकै तरिकाले बाहिरिएको थियो ।

लिग च्याम्पियन

बार्सिलोनाले ला लिगाको चार खेल अघि ला लिगा उपाधि सुरक्षित गरेको हो । प्रिमियर लिग साइड म्यान्चेस्टर सिटीले लिगको पाँच खेल बाँकी छँदा घरेलु लिगको उपाधि सुरक्षित गरेको थियो ।

घरेलु कप

बार्सिलोनाले कोपा डेल रेको फाइनलमा सेभियालाई ५–० गोलले पराजित गरेको थियो भने म्यान्चेस्टर सिटीले लिग कपको उपाधि जित्दा आर्सनललाई वेम्लेमा ३–० गोलले पराजित गरेको थियो । दुवै टिमले क्लिन सिट राखेर बलियो प्रतिद्धन्द्धीलाई हराएको हो ।

च्याम्पियन्स लिग यात्रा

जारी सिजनको घरेलु लिगमा बलियो मानिएको बार्सिलोना र म्यान्चेस्टर सिटीको च्याम्पियन्स लिग यात्रा सुखद् रहेन । बार्सिलोनाले क्वार्टरफाइनलको पहिलो लेगमा ४–१ गोलको जित निकाले पनि दोस्रो लेगमा रोमाले ३–० गोलले पराजित गर्दा रोमा अवे गोलको आधारमा क्वार्टरफाइनल पुग्यो तर, बार्सिलोना च्याम्पियन्स लिगबाट बाहिरियो ।

त्यस्तै, म्यान्चेस्टर सिटीलाई लिभरपुलले समग्रमा४–२ गोलले हरायो । पहिलो लेगमा ३–० गोलले तथा दोस्रो लेगमा २–१ गोलले सिटी पराजित भएको हो ।

चिरप्रतिद्धन्द्धी क्लबको घरेलु मैदानमा जित

बार्सिलोनाले जारी ला लिगा सिजनको पहिलो चरणको खेलमा रियल मड्रिडलाई उसैको घरेलु मैदानमा ३–० गोलले स्तब्ध बनायो । त्यस्तै म्यान्चेस्टर सिटीले पनि चिरप्रतिद्धन्द्धी म्यान्चेस्टर युनाइटेडलाई उसैको घरेलु मैदानमा २–१ गोलले पराजित गरेको थियो ।

५ मे २०१८ मा प्रकाशित

ला लिगामा बार्साका खेलाडीहरुको प्रदर्शन कस्तो ? (तुलना)

इनियष्टालाई चोङचिङबाट ठूलो प्रस्ताव, १८ मिलियन बोत्तल इनियष्टा वाइन पनि किनिदिने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here