‘म चाहान्छु मेसीले फुटबलबाट सन्यास नलिउन्’

बार्सा नेपाल । बार्सिलोनाका पूर्व खेलाडी इरिक अभिडालले विश्वको उत्कष्ट खेलाडी भइकक पनि लियोनल मेसी एकदमै नम्र खेलाडी रहेको बताएका छन् । सन् २००७ देखि २०१३ सम्म बार्सिलोनाको जर्सीमा उत्रेका उनले मेसीसँग ड्रेसिङ रुम सेयर गर्न पाएका थिए ।

संचारमाध्यमहरुसँग कुरा गर्दै उनले भने ‘मेरो सौभाग्य म मेसीको छेउमा धेरै पटक बस्न पाँए । उनी सँधै नम्र रुपमा प्रस्तुत हुन्थे । उनी कहिल्यै तनावमा हुँदैनथे ।’ उनले थपे ‘मेसी फुटबलको यस्तो प्रतिभा हुन् उनले असम्भव कुरालाई सम्भव बनाएका छन् । उनले अन्य खेलाडीहरुलाई गर्ने व्यवहार अत्यान्तै राम्रो छ । मैले पनि धेरै कुरा उनीसँग सिक्ने मौका पाँए ।’

बार्सिलोनाबाट सन् २०१३ मा मोनाको गएका उनले हालसम्म पनि मेसीको स्तर नघटेको बरु हरेक वर्ष राम्रो हुँदै गएको बताए । संचार माध्यमहरुसँग कुरा गर्दै उनले भने मेसीको स्तर अझै नघटोस्, फुटबलबाट पनि कहिल्यै सन्यास नलिगोस् । म चाहान्छु मेसीले अझै १० औं वर्ष यसरी नै फुटबल खेलिरहुन् । मलाई थाहा छ फुटबल मन पराउनेहरु पनि यही नै चाहान्छन् ।

५ मे २०१८ मा प्रकाशित

जारी सिजनकाे ला लिगामा मेसी यी १० कुरामा अगाडि

डेपोसँगको ह्याट्रिकसँगै मेसीको गोलसंख्या १०००

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here