बार्साको प्राइभेट डिनर खान हिँडेरै पुगे टेर स्टेगन, अन्य को-को सहभागी ?

बार्सा नेपाल । जारी सिजनमा बार्सिलोनाले दुई उपाधिहरु कोपा डेल रे र ला लिगा जितेको उपलक्ष्यमा प्राइभेट डिनर खाएका छन् । बिहीबार राति भएको डिनरको आयोजना क्लबका उपाध्यक्ष जोर्डी मास्ट्रेले आयोजना गरेका हुन् । उक्त डिनरमा क्लबका खेलाडीहरु, अध्यक्ष तथा प्रशिक्षकको सहभागिता रहेको थियो ।

बार्सिलोनास्थित होटेल सोफियामा बेलुकी ९ बजेबाट सुरु भएको डिनरमा खेलाडी आफ्नो पार्टनरसँग कारमा आएका थिए । होटेलमा सबैभन्दा अघि पाउलिन्हो र डेनिस स्वारेज आइपुगेका थिए । त्यसपछि प्रशिक्षक भालभर्डे उनको पार्टनरसँग आइपुगेका थिए ।

सबै खेलाडीहरु कारमा आइरहेको बेला गोलकिपर टेर स्टेगन भने आफ्नो श्रीमतीसँग हिडेरै पार्टीमा आएका थिए । उनीहरुको जोडी हिडिरहँदा फ्यानहरुलाई अटोग्राफ्स पनि दिएका थिए साथै सेल्फी पनि खिचेका थिए ।

डिनरमा सबैभन्दा ढिलो मेसी र स्वारेज र उनीहरुको पार्टनर पुगेका थिए । उनीहरु साढे ९ बजे होटेलमा पुगेका थिए ।

४ अप्रिल २०१८ मा प्रकाशित

सपनाको क्लब बार्सिलोना आउँदा टेर स्टेगनको यस्तो सुखः दुखः

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here