इनियष्टालाई चोङचिङबाट ठूलो प्रस्ताव, १८ मिलियन बोत्तल इनियष्टा वाइन पनि किनिदिने

बार्सा नेपाल । जारी सिजनको अन्त्यसँगै बार्सिलोना छोड्ने तयारी गरेका कप्तान आन्द्रेज इनियष्टालाई चिनिया क्लब चोङचिङ दाङलाई लिफानबाट ८१ मिलियन यूरोको प्रस्ताव आएको समाचार प्रकाशित भएको छ ।

एल मुन्डोका अनुसार उनी चोङचिङसँग सम्झौताको करिब नजिक पुगेका पनि छन् । चोङचिङका मालिक झिङ लिज्झाङले इनियष्टालाई भित्र्याउको लागि वार्षीक २७ मिलियन दिने गरी तीन वर्षको लागि सम्झौतागर्न लागेको उक्त समाचारमा उल्लेख छ । उक्त रकम बार्सिलोनाले इनियष्टालाई दिने भन्दा करिब ३ गुणा बढी पनि हो ।

एनबीए टिम मिनिसोटा टिम्बरउल्फस्का शेयर धनी समेत रहेका झिङ ग्रानाडा तथा प्रामाका समेत संचालक हुन् । त्यसै कारणले इनियष्टालाई उनले मोटो रकम दिने तयारी गरेको बुझिएको छ । यदि इनियष्टालाई उक्त रकममा सम्झौता गरियो भने उनी विश्वकै उत्कृष्ट आम्दानी गर्ने फुटबलर मेसी र नेयमारभन्दा मात्रै पछि हुनेछन् ।

साथै इनियष्टाले सम्झौता गरेको खण्डमा क्लबले इनियष्टाको निजी कम्पनीबाट उत्पादिन बोडेगास इनियष्टा वाइन वार्षीक ६ मिलियन बोत्तल खरिद पर्ने गर्ने जनाइएको छ । क्लबले उक्त वाइन प्रतिबोत्तल ६ यूरोमा खरिद गर्ने पनि बताइएको छ ।

यदि इनियष्टा वर्षसम्म क्लबै रहेको खण्डमा उनले अतिरिक्त ३६ मिलियन यूरो पनि कमाउने निश्चित रहेको छ भने उनको कम्पनीको ख्याति पनि विश्वव्यापी रुपमा बढ्ने निश्चित रहेको छ ।

साथै इनियष्टाले आफ्नो फोटाबाट पनि थप पैसा कमाउनेछन् । क्लबले फोटोको अधिकारबाट प्राप्त रकमको ५० प्रतिशत हिस्सा पनि उनले पाउने निश्चत रहेको छ ।

चोङचिङ २३ वर्ष पुरानो क्लब हो ।

४ मे २०१८ मा प्रकाशित

इनियष्टा पनि नचिन्नेले के फुटबलकाे गफ लाउनु !

प्रभावशाली मिडफिल्डर इभान राकेटिचको हलिउड फिल्मको जस्तो ‘प्रेम कथा’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here