कोउटिन्होले ‘ट्रेबल’ जित्न सक्ने ! कसरी ?

बार्सा नेपाल । बार्सिलोनाका खेलाडी फिलिप कोउटिन्होले जारी सिजनमा ‘ट्रेबल’ उपाधि जित्ने सम्भावना प्रवल रहेको छ । बार्सिलोना च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाट बाहिरिए पनि उनले च्याम्पियन्स लिगको ट्रफीमा दावी गर्ने सम्भावना रहेको छ ।

अझै पनि फिलिप कोउटिन्होको नाम च्याम्पियन्स लिगमा लिभरपुलको तर्फबाट रहेको छ । उनले लिभरपुलमा रहँदा सोही क्लबबाट समूह चरणको खेल खेले । हाल लिभरपुल च्याम्पियन्स लिगको फाइनमा प्रवेश गरिसकेको छ । यदी लिभरपुलले फाइनलमा रियल मड्रिडलाई हराएको खण्डमा कोउटिन्होले च्याम्पियन्स लिग विजेता भएको मेडल प्राप्त गर्नेछन् ।

बार्सिलोनाले जारी सिजनमा कोपा डेल रे र स्पेनिस ला लिगा जितिसकेको छ । यदी लिभरपुलले पनि च्याम्पियन्स लिग जितेको खण्डमा उनी मात्रै जारी सिजनमा ट्रेबल उपाधि जित्ने खेलाडी बन्नेछन् ।

विन्टर ट्रान्सफरमा बार्सिलोेना आएका उनले बार्साको जर्सीमा च्याम्पियन्स लिग खेल्न पाएनन् । यूरोपियन फुटबल महासंघको नियम अनुसार एक खेलाडीले दुई क्लबबाट च्याम्पियन्स लिग तथा यूरोपा लिग खेल्न पाउँदैन । सोही कारणले गर्दा उनी बार्साको जर्सीमा उत्रन नपाएका हुन् ।

यसअघिकाे समाचार शिषकमा ‘ट्रेबल’ हुनुपर्नेमा अन्यथा भएकोले सच्याइएको छ*

३ अप्रिल २०१८ मा प्रकाशित

लिभरपुल च्याम्पियन्स लिगको फाइनलमा प्रवेश

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here