लिभरपुल च्याम्पियन्स लिगको फाइनलमा प्रवेश

बार्सा नेपाल । इंग्लिस क्लब लिभरपुल च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ ।

सेमिफाइनलको दोस्रो लेगमा इटालियन क्बल रोमासँग ४–२ गोलले पराजित भए पनि लिभरपुल समग्रमा ७–६ गोलले विजयी हुँदै फाइनलमा प्रवेश गरेको हो । लिभरपुलले पहिलो लेगमा ५–२ गोलले जित निकालेको थियो ।

सेमिफाइनलको दोस्रो लेगको नवौँ मिनेटमा साडियो मानेको गोलमा लिभरपुलले अग्रता लिए पनि १५ औँ मिनेटमा मिल्नरले आफ्नै पोष्टमा गोल गरेपछि खेल बराबरीमा पुगेको थियो । २५ औँ मिनेटमा जर्जिनियो भेनाल्डमले गोल गर्दै लिभरपुललाई अग्रता दिलाए ।

तर त्यसपछि, रोमाका इडेन जेकोले ५२ औं मिनेटमा तथा राजा नाइनगोलनले ८६ औं र दोश्रो हाफको इन्जुरी समयको चौथो मिनेटमा पेनाल्टीमार्फत गोल गरेपछि खेल ४–२ को अवस्थामा पुगेको थियो तर बाँकी समयमा रोमाले गोल फर्काउन सकेन ।

यसअघिको खेलबाट जर्मन क्लब बार्यन म्युनिखलाई हराएर स्पेनिस क्लब रियल मड्रिडले फाइनलमा स्थान बनाईसकेको छ ।

३ अप्रिल २०१८ मा प्रकाशित

बार्यनलाई हराएर रियल मड्रिड च्याम्पियन्स लिगको फाइनलमा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here