एल क्लासिकोमा रियल मड्रिडभन्दा बार्सिलोना अघि, यस्तो छ इतिहास

बार्सा नेपाल । जारी ला लिगा सिजनको दोस्रो एल क्लासिको आउँदो सोमबार बिहान साढे १२ बजे बार्सिलोनाको घरेलु मैदानमा हुँदैछ । बार्सिलोनाले जारी सिजनको ला लिगा उपाधि सुरक्षित गरिसकेको अवस्थामा यस क्लासिको खेल प्रतिष्ठाको लडाई मात्रै हुनेछ । विशेष गरेर रियल मड्रिडको लागि यो क्लासिको महत्वपूर्ण छ । ला लिगा पनि गुमाइसकेको अवस्थामा र जारी सिजनको पहिलो क्लासिकोमा आफ्नै घरेलु मैदानमा ३–० गोलले पराजित भएको अवस्थामा रियल क्लासिको जित्नै पर्ने दवावमा देखिन्छ ।

बार्सिलोनाले लिगको ३४ खेल खेल्दा कुनैमा पनि हार व्यहोरेको छैन । उसले २६ खेलमा जित तथा ८ खेलमा बराबरी गरि जम्मा ८६ अंक जोडिसकेको छ । त्यस्तै रियल मड्रिडले खेलको समान खेलबाट २१ खेलमा जित, ८ खेलमा बराबरी तथा ५ खेलमा हार व्यहोरेर ७१ अंक मात्रै जोडेको छ । रियल मड्रिडभन्दा ४ अंक बढी जोडेको एथ्लेटिको मड्रिड लिगको दोस्रो स्थानमा रहेकोले पनि रियलको लागि क्लासिकोमा जित आवश्यक छ ।

तर, बार्सिलोनाले जारी सिजनमा महत्वपूर्ण दुई उपाधिहरु हत्याइसकेको अवस्थामा क्लासिको पनि ढुक्कसँग जितेर सिजनको सुखद् अन्त्य गर्न लागिपरेको छ ।

अहिलेसम्म सबै प्रतियोगिताहरु ला लिगा, कोपा डेल रे, स्पेनिस सुपर कप, च्याम्पियन्स लिग तथा मैत्रिपूर्ण खेल गरि २७२ पटक एल क्लासिको खेल भएका छन् । बार्सिालोना अघि रहेको छ । उक्त खेलहरुमा बार्सिलोनाले ११२ पटक जित हासिल गरेको छ भने रियल मड्रिडले ९९ पटक जितेको छ त्यस्तै ५९ खेल भने बराबरीमा सकिएको छ ।

गोल संख्या

हालसम्मको क्लासिकोमा रियल भन्दा बार्सिलोनाले गरेको गोल पनि बढी रहेको छ । बार्सिलोनाले सबै प्रतियोगितामा ४७० गोल गरेको छ भने रियलले जम्मा ४४३ गोल गरेको छ ।

घरेलु मैदानमा जित

बार्सिलोनामा आफ्नो मैदान क्याम्प नाउमा धेरै जित निकालेको छ । बार्साले ७२ पटक क्याम्प नाउमा खेल जितेको छ भने रियलले बेर्नाबेउमा ६७ पटक मात्रै जित निकाल्न सकेको छ ।

घरेलु मैदानमा बराबरी

बार्सिलोनाले घरेलु मैदानमा सबैभन्दा बढी खेलेको छ । उसले ३० पटक क्याम्प नाउमा बराबरी खेलेको हो भने रियलले बेर्नाबेउमा २९ पटक बराबरी खेलेको छ ।

अवे जित

बार्सिलोनाले सबैभन्दा बढी पटक रियलको घरेलु मैदानमा जित निकालेको छ । बार्साले ३६ पटक सान्टियागो बेर्नाबेउमा जित निकालेको हो । त्यस्तै रियलले बार्साको घरेलु मैदान क्याम्प नाउमा २८ पटक मात्रै जित निकालेको छ ।

ठूलो गोल अन्तरको जित

बार्सिलोनाले रियल मड्रिडलाई पछिल्लो समय ठूलो गोल अन्तरले पारजित गर्दै आइरहेको छ । बार्सिलोनाले यसै सिजन ३–० को जित, गत सिजन ४–० गोलको जित हासिल गर्यो भने सन् २०१० को नोभेम्बर २९ मा ५–० गोलको जित, १९९५ को जनावरी ७ मा ५–० गोलको जित, १९९४ को जनावरी ८ मा ५–० गोलको जित, १९७४ को फेब्रुअरी १७ मा ५–० गोलको जित, १९५३ को अक्टोबर ५ मा ५–० गोलको जित, १९४५ मार्च २५ मा ५–० गोलको जित दर्ता गरेको छ ।

उच्च गोलकर्ता

बार्सिलोनाका लियोनल मेसी क्लासिकोका उच्च गोलकर्ता हुन् । उनले हालसम्म २५ गोल गरिसकेका छन् । त्यस्तै रियलका अल्फ्र्ेडो डी स्टिफानोले १८ गोल गरेका थिए ।

३ मे २०१८ मा प्रकाशित

NEXT MATCH: प्रतिष्ठाको लडाइँ ‘एल क्लासिको’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here