एल क्लासिको भिडन्तको टिकट १२ घण्टामा ९६ प्रतिशत बिक्री, यस्तो छ मूल्यदर

फोटोमा रहेको सेतो रंग रहेको भागमा रियल मड्रिडका समर्थक बस्नेछन्

बार्सा नेपाल । मे ७ मा हुने बार्सिलोना र रियल मड्रिडबीचको ‘एल क्लासिको’ भिडन्तको लागि बार्सिलोनाले टिकट बिक्री खुला भएको १२ घण्टामा नै ९६ प्रतिशत सकिएको छ ।

बार्सिलोनको घरेलु मैदान क्याम्प नाउमा हुने खेलको लागि बार्सिलोनाले सिजन टिकट होल्डरलाई नभई स्थानीयहरुको लागि बुधबारबाट बिक्री खुल्ला गरेको थियो । क्लबले बुधबार टिकट बाँकी रहेको अवस्थामा बिहीबारबाट सर्वसाधरणको लागि टिकट बिक्री गर्ने बताएको थियो तर, टिकट बुधबार नै सकिने भएपछि सिजन टिकट होल्डरले रंगशालामै गएर खेल हेर्न नपाउने सम्भावना न्यून रहेको छ ।

क्लबको आधिकारिक वेभसाइटबाट उक्त टिकट बिक्रीमा राखिएको हो । घरेलु समर्थकको लागि पनि बिभिन्न मूल्यका टिकटहरु रहेका छन् । घरेलु समर्थकले एउटा टिकटलाई कम्तीमा पनि ४०० डलर तिरेका छन् भने अधिकतम मूल्य ३ हजार १६६ डलर रहेको छ । उक्त अधिकतम् मूल्य बार्साको टनेल नजिकै रहेको छ । जाहाँबाट खेलाडीहरु आवतजावत गर्ने गर्छन् ।

क्लबले रियल मड्रिड अर्थात् अवे फ्यानको लागि दिएको टिकटको मूल्य भने तोकेको छैन तर समाचारहरुमा जनाइए अनुसार अवे फ्यानहरुको लागि न्यूनतम १२९ यूरो रहेको छ भने अधिकतम ४३९ यूरो रहेको समाचारहरुमा जनाइएको छ । बार्सिलोनाले ३९ सय जना मड्रिड समर्थकलाई मात्रै टिकट दिएको छ ।

क्याम्प नाउमा हरेक खेलमा टिकटको मूल्य फरक–फरक हुने गरेको छ । उक्त मूल्य एल क्लासिकोको लागि मात्रै हो ।

क्याम्प नाउको दर्शक क्षमता ९९ हजार ३५४ जना रहेकोले उक्त दिन रंगशाला भरिने गरेको छ ।

२ मे २०१८ मा प्रकाशित

NEXT MATCH: प्रतिष्ठाको लडाइँ ‘एल क्लासिको’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here