बार्यनलाई हराएर रियल मड्रिड च्याम्पियन्स लिगको फाइनलमा

बार्सा नेपाल । जर्मन क्लब बार्यन म्युनिखलाई समग्रमा ४–३ गोलले हराउँदै स्पेनिस क्लब रियाल मड्रिड च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ । घरेलु मैदान सान्टियागो बेर्नाबेउमा सम्पन्न सेमिफाइनलको दोस्रो लेगमा जर्मन क्लब बायर्न म्युनिखसँग २–२ को बराबरी खेले पनि समग्र गोलको आधारमा मैदान प्रवेश गरेको हो । पहिलो लेगमा २–१ गोलको जित निकालेको थियो ।

मंगलबार राति सम्पन्न खेलमा रियालका लागि दुबै गोल करिम बेन्जेमाले गरेका थिए । उनले खेलको ११ औं तथा ४६ औं मिनेटमा गोल गरे । त्यस्तै पाहुना टोलीले खेलको तेस्रो मिनेटमा नै गोल गरेको थियो । उक्त गोल जोस्वा किमिचीले गरे भने खेलको ६३ औं मिनेटमा रियलकै पूवै खेलाडी हामेस रोड्रिग्वेजले गरेको गोल जितको लागि पर्याप्त भएन ।

२ मे २०१८ मा प्रकाशित

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here