जारी सिजनकाे ला लिगामा मेसी यी १० कुरामा अगाडि

बार्सा नेपाल । बार्सिलोनाका स्टार खेलाडी लियाेनल मेसीले जारी सिजनको ला लिगामा जम्मा २७ सय ९३ मिनेट खेलेका छन् । उनी जारी सिजनको ला लिगामा धेरै कुराहरुमा अगाडि रहेका छन् । ला लिगाको ३४ खेल सकिँदा बार्सिलोनाले उपाधि आफ्नो नाममा पारिसकेको छ । यसमा मेसीको योगदान निकै उच्च रहेको छ ।

  • मेसी ला लिगाको उच्च गोलकर्ता हुन् । हालसम्म उनको गोलसंख्या ३२ रहेको छ ।
  • उनले गरेको गोलमध्ये ८ गोल डिबक्सभन्दा बाहिरबाट गरेका हुन् । ला लिगाको जारी सिजनमा हालसम्म डिबक्स बाहिरबाट उनीभन्दा धेरै गोल कसैले गर्न सकेका छैनन् ।
  • जारी सिजनमा मेसीले ६ गोल फ्रि किक मार्फत गरेका छन् । यसमा पनि उनी अगाडि नै रहेका छन् ।
  • ला लिगामा सबैभन्दा बढी एसिस्ट पनि मेसीकै नाममा रहेको छ । उनले १२ वटा एसिस्ट प्रदान गरेका छन् ।
    त्यस्तै,
  • मेसीले हालसम्म १८७ वटा सट प्रहार गरेका छन् ।
  • ८२ वटा गोल गर्ने अवसर सृजना गरिदिएका छन् ।
  • २६९ वटा सफल ड्रिबल गरेका छन् ।
  • पहिलो हाफमा विपक्षीको क्षेत्रमा १४ सय ८४ वटा पास खेलेका छन् ।
  • १६ वटा थ्रु बल
  • विपक्षीको डिबक्समा २ सय ८२ पटक बल टच गरेका छन् ।

यी सबै कुरामा मेसी अगाडि रहेका छन् ।

यी जानकारीहरू ‘ओप्टा जोसे’बाट लिइएको हो । ओप्टाले खेलकुदको डाटाहरुको विश्लेषण गर्छ । ७० वटा देशमा ३० वटा खेलमा ओप्टा स्पोर्टसले काम गरिरहेको छ ।

२ मे २०१८ मा प्रकाशित

डेपोसँगको ह्याट्रिकसँगै मेसीको गोलसंख्या १०००

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here