मार्सेलोले भनेः ह्यान्ड भएकै हो, रेफ्रीले देखेनन् हामीलाई फाइदा भाे (भिडियाे सहित)

बार्सा नेपाल । रियल मड्रिडका डिफेन्डर मार्सेलोले बार्यन म्युनिख बिरुद्धको खेलमा आफूले ह्यान्ड गरेको बताएका छन् ।

पहिलो हाफ सकिनै लाग्दा बार्यनका खेलाडी जोस्वा किमिचीले हानेको प्रहारलाई डिबक्स भित्र रहेका मार्सेलोले हातले रोकेका थिए । उक्त ह्यान्ड बललाई रेफ्री तथा लाइन्सम्यानले देखेनन् । यदी उक्त ह्यान्डबलमा बार्यनले पेनाल्टी पाएको भए पहिलो हाफमा २–१ गोलले अगाडि हुनेथियो ।

मार्सेलोकाे ह्यान्डबल (भिडियाे)

खेलपछि मार्सेलोले मिडियासँग कुरा गर्दै भने ‘त्यो ह्यान्ड बल नै थियो, मेरो हातैमा लागेको हो र त्यो पेनाल्टी नै थियो । यदी मैले त्यो पेनाल्टी थिएन भने भनें झुटो बोलेको हुनेछु ।’

उनले थपे ‘म रेफ्रीको निर्णयको बारेमा केही बोल्दिन । कहिलेकाँही उनीहरुले आफ्नो टिमको लागि फेभर गर्छन् तर अर्को टिमको लागि घाटा हुन्छ । जे भए पनि यो फुटबल खेल हो ।’

यस सिजन रियल मड्रिडलाई रेफ्रीले च्याम्पियन्स लिगमा फेभर गर्यो भनेर आलोचना भइरहेको छ । अन्तिम १६ मा पीएसजीका खेलाडीलाई रेडकार्ड, क्वार्टरफाइनलमा बुफोनलाई रेडकार्ड तथा बार्यनसँगको दोस्रो लेगमा मार्सेलोको पेनाल्टीको कारण रेफ्रीको आलोचना भएको हो ।

च्याम्पियन्स लिगको सेमिफाइनलको दोस्रो लेगको खेलमा रियल समग्र ४–३ गोलले अगाडि रही फाइनल प्रवेश गरिसकेको छ ।

२ मे २०१८ मा प्रकाशित

हामीले रियल मड्रिडलाई दुई गोल दियौंः बार्यनका प्रशिक्षक हिन्किज

रियल मड्रिडलाई अन्तिम समयमा दिइएको ‘अवार्ड’ अत्यान्तै लज्जास्पदः बुफोन

रियलसँग हारेपछि पीएसजीका अध्यक्षले युइएफए माथि गम्भीर आरोप लगाए

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here