यसरी ७ वर्षपछि मेसीले ट्रेडमार्कको लडाइँ जिते

बार्सा नेपाल । ७ वर्षको कानुनी लडाइँपछि विश्वकै उत्कृष्ट फुटबल खेलाडी लियोनल मेसीले आफ्नै नामको ट्रेडमार्क पाएका छन् । मैदानमा कयौं सफलता पाएका मेसीले गत बिहीबार यूरोपियन कोर्ट लक्जम्बर्गमा ट्रेडमार्कको लागि भएको फैसला पनि जितेका हुन् ।

बजारमा मेसी नामको खेलकुदका सामग्रीहरु ल्याउने योजनामा रहेका महान् खेलाडी मेसीले आफ्नै नामको ट्रेडमार्क पाउनुपर्ने माग गरेका थिए । मेसीले सन् २०११ मा यूरोपियन यूनियनको कार्यालयमा आफ्नो नामबाट पनि बजारमा सामान आउनुपर्ने माग राखेका थिए ।

अदालतले ७ वर्ष लामो समय लगाएर ‘चर्चित फुटबलर’ भएकै आधारमा उनलाई नै ‘मेसी’ नाममा ट्रेडमार्क दिने निर्णय गरेको हो ।

उक्त नामको विषयमा एक स्पेनिस साइक्लिङ कम्पनी ‘मास्सी’ ले ब्राण्डमा बखेडा झिकेको थियो । उक्त कम्पनीले आफूहरुले लामो समयदेखि उक्त ब्राण्ड नाम चलाउँदै आएकोले आफूहरुको पक्षमा फैसला हुनुपर्ने धारणा व्यक्त गरेका थिए । मेसी र मास्सी नाम उस्तै भएकोले आफ्नो व्यापारमा असर पुग्ने उक्त कम्पनीको धारणा थियो ।

१ मे २०१८ मा प्रकाशित

सपनाको क्लब बार्सिलोना आउँदा टेर स्टेगनको यस्तो सुखः दुखः (बर्थ डे स्पेशल)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here