पदयात्रामा बार्साले दखाएको ‘ला लिगा’ ट्रफी सक्कली कि नक्कली ?

बार्सा नेपाल । बार्सिलोनाले डेर्पोटिभोलाई उसैको घरेलु मैदान रियाजोरमा ४–२ गोलले हराएसँगै घरेलु लिग ला लिगामा ४ खेल बाँकी छँदा नै जारी सिजनको उपाधि सुरक्षित गर्यो । डेपोको घरेलु मैदानमा बार्सिलोनाका खेलाडीहरुले विजय उत्सव त मनाए तर त्यहाँ ला लिगा उपाधि भने थिएन ।

यूरोपको अन्य लिगका क्लबहरुले उपाधि सुरक्षित गरेपछि ट्रफी पाइहाल्छन् तर कहिलेकाँही ला लिगाको उपाधि अर्को सिजन सुरु नभएसम्म पनि पाँईदैन । गत सिजन पनि रियल मड्रिडले अन्तिम खेलमा उपाधि जित्दा ग्यारेथ बेलले आश्चर्य मान्दै सोधेका थिए ‘हामीले किन उपाधि पाएनौं ?’

लिगमा ४ खेल बाँकी छँदा नै बार्सिलोनाले यसै सिजन ट्रफी हाता पार्ने आशा गरेको छ । तर, हाल स्पेनिस फेडेरेसनले अध्यक्ष चयन गर्न सकेको छैन । यदि अध्यक्ष पाएको खण्डमा भने बार्सिलोनाले सिजनको रियल सोसिडाडसँग क्याम्प नाउमा हुने अन्तिम खेलमा ट्रफी पाउने सम्भावना छ । सो समयसम्म फेडेरेसनले नयाँ अध्यक्ष चयन गर्ने सम्भावना रहेको छ ।

तर, बार्सिलोनाले भने केही दिनपछि मात्रै क्याम्प नाउमा हुने एल क्लासिकोमा उक्त उपाधि देखाउन चाहेको छ ।
बार्सिलोनाले सोमबार साँझ आफ्नो सहरमा दुई उपाधि कोपा डेल रे र ला लिगा जितेको उपलक्ष्यमा पदयात्रा गरेको थियो । दुई मध्ये कोपा डेल रे चाँही सेभियालाई फाइनलमा हराएर कप्तान आन्द्रेज इनियष्टाले उठाएका थिए भने ला लिगा उपाधिचाँही जारी सिजनमा जितेको होइन । किनभने ला लिगाले हालसम्म बार्सालाई उपाधि हस्तान्तर नै गरेको छैन । सोही कारणले ला लिगा ट्रफीमा रिबन लगाइएको थिएन । तर, ला लिगाले आधिकारीक रुपमा सिजन २०१७–१८ को विजेता बार्सिलोना भनेर घोषणा गरिसकेको अवस्थामा प्रतिनिधि ट्रफी राखेर पदयात्रा गर्न पाउने भएकोले पदयात्रा निकालिएको हो ।

१ मे २०१८ मा प्रकाशित

दुई उपाधि जितेको खुसियालीमा बार्साद्वारा सहर परिक्रमा (१४ फोटोमा)

डेर्पोटिभोसँगको खेलमा इनियष्टालाई किन ८७ औं मिनेटमा मैदानमा पठाइयो ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here