यसरी पिके र स्वारेजले प्रशिक्षक भालभर्डेलाई जिल्याए (भिडियो सहित)

बार्सा नेपाल । बार्सिलोनाका खेलाडीद्धय जेरार्ड पिके र लुईस स्वारेज मिलेर प्रशिक्षक अर्नेष्टो भालभर्डेलाई जिल्याउने काम गरेका छन् । सोमबार साँझ बार्सिलोनाले दुई उपाधिहरु ला लिगा र कोपा डेल रे जितेको उपलक्ष्यमा आयोजना गरेको सहर परिक्रमा कार्यक्रममा उनीहरुले भालभर्डेको जुत्ता बसबाट फालिदिएका हुन् ।

निकै रोमाञ्चक मुडमा रहेका पिकेले यात्रामा फ्यानहरुलाई धन्यवाद दिइरहेका थिए । उता स्वारेजले भालभर्डेको कम्मर समातिरहेका थिए । सोही समयमा पिकेले प्रशिक्षकको दाहिने खुट्टाको जुत्ता खोलर यात्रामा साथ दिइरहेका दर्शकहरुलाई ‘भालभर्डेको जुत्ता’ भन्दै फालिदिए । उता स्वारेजले पनि भालभर्डेको देब्रे खुट्टामा रहेको जुत्ता खोलेर फालिदिए । सो जुत्ताले यात्रामा सहभागीको टाउकोमा लाग्यो ।

यसबारेमा प्रहरीले पिकेलाई त्यसो नगर्नक आग्रह गरेका थिए ।

१ मे २०१८ मा प्रकाशित

पदयात्रामा बार्साले दखाएको ‘ला लिगा’ ट्रफी सक्कली कि नक्कली ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here